नेवि संघ र तरुण दल द्धारा तिजको अवसरमा राहत वितरण

प्रकाशित मिति:

नेपाल तरुण दल कपिलबस्तु र नेपाल विद्यार्थी संघ क्षेत्र नं १ ले तिजको अवसरमा राहत वितरण गरेका छन् । नेवि संघ र तरुणदलले तिजको अवसर पारी अति बिपन्न महिला, एकल तथा बृद्ध महिलाहरुको जटिल अबस्था लाई मध्यनजर गर्दै राहत वितरण गरेको हो । उनिहरुले जिल्लाको बाणगंगा नगरपालिका १० पटना स्थित भापुरमा रहेका १५ घरपरिवारलाई राहत स्वरुप २५ किलोका दरले एकएक बोरा चामाल, दाल, नुन, तेल लगाएतका खाद्य सामाग्री वितरण गरेका हुन् ।
राहत वितरण कार्यक्रममा राहत प्रदान गर्दै प्रमुख अतिथी समेत रहनुभएका नेपाल तरुण दल जिल्लाकार्य समिती कपिलबस्तुका अध्यक्ष शक्ति सिहं ठकुरीले नेपालि महिलाहरुको बिशेष चार्ड हरीतालिका तिजको अवसरमा सम्पूर्णमा शुभकामना ब्यक्त गर्दै आफुहरु सदैव कपिलबस्तु जिल्ला भित्रका दुखी गरीबको दुखमा सहयात्री भएर राहत प्रदानका काम गरीरहेको र भोलिका दिनहरुमा पनि निरन्तर लागी पर्ने बताए ।

त्यस्तै कार्यक्रममा तिजको शुभकामना दिदैँ तरुण क्षेत्रीय सभापति तिलक थापाले समाजमा कुनै किसिमले मानिसमा पर्ने गरेका पिडाहरुलाई आफुले नजिकबाट नियाल्दै त्यस्को समाधानका लागी तत्पर रहेको बताए । कार्यक्रममा नेपाल बिधार्थी संघ क्षेत्र नं १ का क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले महान चार्ड हरीतालिका तिजको शुभकामना दिँदै आफुहरुले नितान्त आफ्नै खाजा खर्च कटाएर अति बिपन्न , दुखी तथा एकल महिलाहरुको चार्डपर्वका बेला चुलो बलोस भन्ने उद्धेश्यले राहत प्रदान गरीएको बताए ।

कार्यक्रममा नेताहरु खिम थापा, कृष्ण पराजुली, राजन आले, राजन क्षत्र थारु, शुसिल शिंह ठकुरी, मिन थापा, अनिल ठकुरी, सागर बि।क, बुद्ध गौतम, चुन्नु थारु, सत्यनारायण थारु लगायतको सहभागिता रहेको थियो ।विगतका दिनमा पनि नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दे आइरहेको छ । विश्वभर फैलिएको कारोना भाईरसले मुलुक आक्रान्त भैरहेका बेला जोखीम मोलेरै भएपनि सामाजिक दुरी कायम गर्दै राहत बितरण गरीएको नेपाल बिर्धाथी संघ क्षेत्र नं १ कपिलबस्तु र नेपाल तरुणदल जिल्ला कार्य समिती कपिलबस्तुले जनाएको छ ।