आज मौसम देशभर आंशिक बदली रही मेघ गर्जनसहित पानी पर्ने

प्रकाशित मिति:

काठमाडौं- आज देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ।

काठमाडौं उपत्यकामा भने बिहानैदेखि घाम लाग्न थालेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आगामी २४ घण्टामा प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानहरूमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उक्त स्थान आसपास भएर बहने साना- ठूला नदीहरूमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।@khabarhub