मेयर पराजुलीले भने : प्रदेश सरकारले सुनेन, मेरो तलबभत्ता र चन्दा उठाएर पीसीआर मेसिन किन्यौं

५ भाद्र २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, भदौ ५ : मोरङको विराटनगर महानगरपालिकाले आर्थिक सहयोग संकलन गरेर पीसीआर मेसिन किनेको छ। समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि मेयर भीम पराजुलीको नेतृत्वमा उद्योगी, व्यवसायी, समाजसेवी लगायतसँग सहयोग संकलन गरेर पीसीआर मेसिन खरिद गरिएको हो। प्रदेश र केन्द्र सरकारसँग पीसीआर मेसिन माग गर्दा सुनुवाइ नभएपछि निजीस्तरबाट पीसीआर मेसिन खरिद गरिएको हो। ‘संक्रमण बढेको बढ्यै छ। केन्द्र र प्रदेश सरकारसँग मेसिन माग गर्‍यौं। तर, सुनुवाइ भएन,’ मेयर पारजुलीले काठमाडौंप्रेससँग भने, ‘बोलपत्र आह्वान लगायतका झन्झटिलो प्रक्रिया व्यहोर्नुपर्ने भएकाले निजीस्तरबाट खरिद गर्ने योजना बन्यो। त्यसको नेतृत्व मैले गरेँ। आज ९शुक्रबार० बेलुकासम्म मेसिन आइपुग्छ।

अहिले कोशी अस्पतालमा एउटा मेसिनबाट कोरोना परीक्षण भइरहेको छ। एक दिनमा करिब दुई सय नमूना मात्रै परीक्षण हुँदै आएको छ। अर्को मेसिन थपिएपछि दिनमा पाँच सयभन्दा बढी परीक्षण गर्न सकिने पराजुलीले बताए। मेसिन किन्न पराजुलीले एक वर्षको तलब भत्ता बराबरको करिब पाँच लाख रुपैयाँ हालेका छन्। यस्तै, प्रदेश सांसद केदार कार्कीले एक लाख रुपैयाँ दिएका छन्। उद्यमी तथा उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का उपाध्यक्ष राजेन्द्र राउतले ७ लाख, प्रदीप मुरारकाले ५ लाख र भीम घिमिरेले एक लाख दिएका छन्। तुलसीराम अग्रवाल र गोल्छा हाउसले पाँच–पाँच लाख रकम दिएका छन्। मोरङ व्यापार संघले सात लाख रुपैयाँ दिएको छ। उद्योग संगठन मोरङले १४ लाख रुपैयाँ दिने घोषणा गरेको पराजुलीले बताए। ‘मैले दुई वर्षको तलबभत्ता विद्यालयलाई दिएँ। एक वर्षको राहत कोषमा दिएको छु। अब एक वर्षको ९करिब पाँच लाख० पीसीआर मेसिन किन्न दिएको छु,’ उनले भने, ‘उद्योगी, व्यवसायी, नेता साथीहरुले सहयोग गर्नुभएको छ।’

पराजुलीका अनुसार मेसिन ल्याउने जिम्मा व्यवसायी प्रदीप मुरारकालाई दिइएको छ। मुरारका आफैँले मेसिन किन्न पाँच लाख सहयोग गरेका छन्। मेसिनको मूल्य भ्याटसहित करिब ३१ लाख पर्ने पराजुलीको भनाइ छ। मेसिनको गुणस्तर परीक्षणको जिम्मेवारी कोशी अञ्चल असपतालका डा। कामना शर्मा र सुशील तापडियालाई दिएको छ। मेसिन कोशी अस्पतालमै राखिनेछ। महानगरले यसअघि नै कोशी अस्पताललाई ल्याब स्थापनाका लागि बजेट दिइसकेको छ। यस्तै, पराजुलीले सहयोग जुटाएर आएन एक्ट्राक्सन उपकरण किन्ने तयारी भएको जानकारी दिए। आएन एक्ट्राक्सन मेसिन किन्दैछौं। ३० देखि ५० लाख जति पर्ला,’ उनले भने, ‘अहिले ६० लाख रुपैयाँको कमिटमेन्ट भएको छ। करिब ३५ लाख पैसा उठिसकेको छ। यो मेसिन किनेपछि परीक्षणको दायरा थप बढ्छ। रिपोर्टका लागि एक सातासम्म कुनुपर्ने अवस्थाको अन्त्य हुन्छ।’

पराजुलीले स्थानीय तहको जिम्मेवारी क्वारेन्टिन व्यवस्थापनको मात्रै जिम्मेवारी पाएको तर केन्द्र र प्रदेश सरकारले काम गर्न नसक्दा आफूले नेतृत्व लिनुपरेको बताए। हाम्रो काम क्वारेन्टिन निर्माण र व्यवस्थापन गर्ने हो। हामीले आइसोलेसन केन्द्र निर्माण र मेसिन खरिदको माग राख्यौं, तर काम हुन सकेन,’ उनले भने। उनले समुदायस्तरमा कोरोना संक्रमण फैलिएको र चेन ब्रेक नभएकाले कडा निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएको बताए। ‘हाम्रोमा गरिएको लकडाउनको आज अन्तिम दिन हो। तर, चेन ब्रेक भएको छैन,’ उनले भने, ‘कम्तिमा एक साता कडा निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएको छ। आजै ९शुक्रबार० सीसीएमसीको बैठक छ। हेरौं के निर्णय हुन्छ।’ विराटनगरमा अहिले ७५० कोरोना संक्रमित छन्। मृतकको संख्या ७ जना पुगेको छ। होम आइसोलेसनमा साढे तीन सय जनालाई राखिएको पराजुलीको भनाइ छ। यस्तै, महानगरपालिकाको आइसोलेसनमा ६३ जनालाई राखिएको उनले बताए। ‘प्रदेश सरकारले तोकेको आइसोलेसन ७० वेड क्षमताको हो। हामीले पहिले भएको क्वारेन्टिनलाई आइसोलेसन बेडका रुपमा परिणत गरेका छौं। अहिले १५० वेड तयार भइसकेको छ। कम्तिमा २२० वेड क्षमताको क्वारेन्टिन बनाउने छौं,’उनले भने।@kathamandupress

फेसबुकबाट तपाईको प्रतिक्रिया