पश्चिम नवलपरासीमा १० गते राती १२ बजे सम्म  निषेधाज्ञा

प्रकाशित मिति:

नवलपरासी भदौ ६ ।
बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा जारी निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय बर्दघाट सुस्ता पश्चिम नवलपरासीले गत साउन ३२ गते विहान देखि लागु भै भदौ ६ गते राती १२ बजे सम्मका लागि जारी गरेको निषेज्ञा भदौ १० गते राती १२ बजे सम्मका लागि थप गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचनामा अझै पनि कोरोना भाईरस संक्रमणको अवस्थाबाट मुक्त भैनसकेको र समुदाय स्तरमा संक्रमणको अवस्थालाई न्यूनिकरण गर्नका लागि निषेत्राज्ञालाई निरन्तरता दिनुपरेको उल्लेख गरिएको छ ।

 

निषेधाज्ञाका अवधी भर बैंक, वित्तिय संघ संस्था एवं सहकारीहरुले अधिकतम रुपमा विद्युतिय माध्यमबाट सेवा दिदै मानिसको उपस्थितिमा दिईने सेवालाई १० गते सम्मका लागि रोक लगाईएको बताईएको छ । जिल्ला भित्र रहेका बढि जनसम्पर्क हुनेल कार्यालय तथा निकायहरुले अत्यावश्यक सेवा कम जनशक्ति परिचालन गरी स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गरी सेवा प्रदान गर्न कार्यालय प्रमुखले ब्यबस्था मिलाउन सकिने समेत जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

प्रशासनले विरामी एवं अत्यावश्यक काम बाहेक सकभर घर बाहिर ननिस्कन, भिडभाड नगर्न, आवतजावत नगर्न र वाहिर निस्कनै पर्ने अवस्थामा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । घर बाहिर निस्कदा एक अर्कामा भौतिक दुरी कायम गर्न र आवश्यक सुरक्षा सतर्कता र मापदण्ड पूर्णरुपमा पालना गर्न सबैमा आग्रह समेत गरेको प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक द्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।