शोक सभा

प्रकाशित मिति:

६ भदौ । बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी बुटवल उपमहानगर समितिले शोक सभाको आयोजना गरेको छ । बुटवल–६ निवासी पार्टीका सक्रिय कार्यकर्ता बल बहादुर पुनका आमा स्व.नरीमाया पुनमगरको पाँचौं दिनको पुण्य तीथिको अवसरमा शनिबार आफ्नै निवासमा शोक सभाको आयोजना गरेको हो ।

राष्ट्रिय जनमुक्ति पार्टी बुटवल उपमहानगर समितिका अध्यक्ष थर्क बहादुर बारघरेको अध्यक्षतामा सम्पन्न शोक सभामा पार्टीका महासचिव केशब सुर्यबंशी, उपाध्यक्ष होमाया गुरुङ, उपमहासचिव टोप अस्लामी, नेताहरु सरिता श्रीस, हेमन्त बुढाथोकी, खीमा थापा लगायतले बोल्नुभएको थियो । शोक व्यक्त गर्दै वक्ताहरुले स्व. नरीमाया पुनमगरले छोरा बलबहादुर पुनलाई राजनीतिक चेत भएको व्यक्तिको रुपमा उभ्याएकाले स्व. पुनको जीवनलाई सफल र सार्थक मान्नुपर्ने बताए ।

शोकलाई शक्तिमा बदल्न परिवारलाई आग्रह गर्दै उनीहरुले परिवारलाई समवेदना व्यक्त गरे । स्थापना कालदेखि बहुजातीय समाजवाद्को पक्षमा राजनीति गर्दै आइरहेका बल बहादुर पुनका आमा स्व. नरीमाया पुनमगरको ८४ वर्षको उमेरमा गत भदौ २ गते निधन भएको थियो ।