थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति:

काठमाडौं, भदौ ६ : नेपालमा थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६३४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ। संक्रमितमध्ये १८ हजार ३५० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म १४६ जनाको मृत्यु भएको छ। प्रवक्ता गौतमका अनुसार शनिबारमात्रै १३६ जना कोरोनालाई जितेर घर फर्किएका छन्।