युवा संघका कार्यकर्ता द्धारा पत्रकार माथी दुव्र्यवहार गरीएको भन्दै इलाका प्रहरी कार्यालय चापाकोटमा निवेदन

प्रकाशित मिति:

राजन भट्टराई,भाद्र ६- स्याङ्जा चापाकोट नगरपालिका वडा न १० बाघेडाडामा युवा संघमा आबद्ध चापाकोट नगरपालिका वडा न ९ निबासी बिबेक भण्डारीको नेतृत्वमा रहेको केही युवाहरु द्वारा पत्रकार माथि आक्रमण सहितको दुव्र्यवहार हो । स्थलगत रिपोर्टिङमा हिडिरहेका पत्रकार माथी उनिहरुको समूहले मोबाइल खोसेर अपशब्द प्रयोग गर्दै हामी संग हिड तलाइ हामी सम्झाउछौ भन्दै अपहरण शैलीमा आक्रमण गरेको थियोे।

पत्रकार गोपिकृष्ण रेग्मी र दिबश भण्डारी माथी धम्किपुर्ण भाषा बोल्दै अपहरण गर्न खोजेका थिए। राज्यको चौथो अंगको रुपमा रहेको पत्रकार माथी दिनदहाडै आक्रमणको प्रयास गरिएको र मोबाइल खोसेर कल डिटेल म्यासेज लगेको भन्दै पत्रकार रेग्मी र भण्डारीले इलाका प्रहरी कार्यालय चापाकोटमा निवेदन दर्ता गराएका छन।बिबेक भण्डारीको समूहले केही दिन यता चापाकोटमा हिडिरहेका ब्यक्तिहरुलाइ बाटो छेक्ने धम्काउने जस्ता क्रियाकलाप गर्दै आइरहेको पाइएको थियोे।

चापाकोट नगरपालिका वडा न १० का वडा अध्यक्ष रामु कोइरालाको उपस्थितिमा उनिहरुले आक्रमणको प्रयास गरेका थिए।बिबेक भण्डारीले चापाकोट नगरपालिका वडा न १० का तरुणदल संयोजक टुकराज पाठक राजु माथी हातपात समेत गरेको पाठकले बताएका छन।पत्रकार भण्डारी,रेग्मी र तरुण संयोजक पाठकले शान्ति सुरक्षाको माग गर्दै निवेदन दर्ता गराएका हुन।