तनहुँमा जन्मिएका नेपाल प्रहरीका ८ प्रहरी नायव उपरीक्षक

६ भाद्र २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


प्रकाश अधिकारी , भदौ ७ गते दमौली तनहुँ। तनहुँमा जन्मिएका नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक डिएसपी ८ जना रहेका छन्। भानु नगरपालिका चुँदीका अर्जुन रानाभाट, व्यास नगरपालिका वडा न।५ साँघे नेपालटारका रमेश पण्डित, व्यास नगरपालिका वडा न।१० शेवरका गौतमराज मिश्र, भानु नगरपालिका चुँदीका यादव ढकाल, व्यास नगरपालिका वडा न।११ का नविनकृण्ण भण्डारी,शुक्लागण्डकी नगरपालिकाका ८ का नमराज भट्टराई र विरेन्द्र कुमार सोम पौडेल रहेका छन्। उनिहरूको संक्षिप्त परिचय अर्जुन रानाभाट-साविक भानु गाविस हाल भानु नगरपालिका वडा न।४ चुदीरम्घामा जन्मिएका अर्जुन रानाभाट नेपाल प्रहरीमा संगठनमा अनुभवी प्रहरी अधिकृत हुन्। डिएसपी रानाभाट चितवन, ट्राफिक प्रमुख बिरगंज, काभ्रे, इलाका प्रहरी कार्यालय खैरेनी, नायव प्रहरी उपरीक्षक भएपछि बालाजु वृत्त, जिल्ला प्रहरी कार्यालय बाजुरा, दिपायल हाल इलाका प्रहरी कार्यालय हंसपुर कास्कीको प्रमुखको जिम्मेवारीमा रहेका छन्।

रमेश पण्डित साविक व्यास नगरपालिका वडा न।६ हाल वडा न।५ साँघे नेपालटारमा जन्मिएका रमेश पण्डित नेपाल प्रहरीमा काबिल प्रहरी अधिकृत हुन्।तनहुँका पण्डित प्रहरी निरीक्षक हुदा भोटेवडार लमजुङ, रत्नपुर स्याङ्जा, लुम्बिनी र चितवन खैरेनी इप्रका प्रमुखको जन्मेवारीमा रहेका थिए। त्यस्तै प्रहरी नायव उपरीक्षक डिएसपीमा इलाका प्रहरी कार्यालय बर्दिवास,सुरक्षा परिषद र हाइटी मिसन गएका थिए। हाल डिएसपी पण्डित प्रहरी प्रधान कार्यालयमा कार्यरत छन्।गौतम मिश्र व्यास नगरपालिका वडा न।१० शेवरमा जन्मिएका गौतमराज मिश्र संगठनमा अनुसन्धानमा काबिल प्रहरी अधिकृतको रूपमा आफ्नो छवि बनाएका छन्। प्रहरी निरीक्षक हुदा इलाका प्रहरी कार्यालय श्रीपुर, भगवानपुर, चन्द्रनिगापुर, कोहलपुरको कमाण्ड सम्माल्लेका थिए भने प्रहरी नायव उपरीक्षक भएपछि इप्रका टिकापुर र सातदोबाटो वृत्तको कमान्डको जिम्मेवारी सफलता पूर्वक सम्माल्लेका थिए। हाल जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत रहेका छन्। मुद्दा शाखामा गोर्खा,कास्की र बालाजु भएर विभिन्न अभियुक्तलाई पक्रान सफल समेत भएका थिए। त्यस्तै इकाका प्रहरी टिकापुरको प्रमुख रहदा उत्कृष्ट कार्यसम्पादन गरेको आइजीपी उपेन्द्रकान्त अर्यालबाट सर्वे उत्कृष्ट पुरस्कार समेत पाएका थिए। डिएसपी मिश्र सुडान र दक्षिण सुडान पनि शान्तिसेनाको लागि गइसकेका छन्।

यादव ढकाल- साविक भानु गाविस वडा न।२ हाल भानु नगरपालिका वडा न।४ रहेको चुँदीमा जन्मिएका ढकाल नेपाल प्रहरीमा मिझासिला प्रहरी अधिकृतका रूपमा परिचित छन्। डिएसपी ढकालले बर्दिवास,दोलखाको जिरी,ईलाका प्रहरी कार्यालय चरपुर,सुडान मिसन, बाँकेको ट्राफिक प्रमुख,साइबर ब्यूरो,जिल्ला प्रहरी कार्यालय लमजुङको प्रमुख हुदै हाल पर्यटकीय नगरी पोखराको बैदाम वडा प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारीमा रहेका छन्। गण्डकी प्रदेशको मुख्यमन्त्रीको कार्यालय देखि मन्त्रालय महत्वपूर्ण प्रशासनिक निकाय यसै एरियाभित्र पर्ने कारणले पनि यस प्रहरी कार्यालयको महत्त्वपूर्ण भूमिका हुन्छ। डिएसपी ढकालले कमाण्ड सम्माल्ले देखि गुण्डागर्दी नियन्त्रण,लागू औषध नियन्त्रण तथा शान्तिसुरक्षामा महत्त्वपूर्ण भुमिका निभायका छन्।
लमजुङ

नविनकृण्ण भण्डारी  साविक व्यास नगरपालिका वडा ४ हाल ११ मुलपानीमा जन्मिएका नविनराज भण्डारी संगठनमा इमान्दार प्रहरी अधिकृत हुन्। प्रहरी निरीक्षक हुदा इलाका प्रहरी कार्यालय गौडाकोट,बेलचौतारा, लाहान,जाजरकोट र विचौयाको कमाण्ड सम्माल्लेका थिए। त्यस्तै प्रहरी नायव प्रहरी उपरीक्षक भएपछि बालाजु वृत्त र हाल जिल्ला जिल्ला प्रहरी कार्यालय मुस्ताङको प्रमुखको जिम्मेवारीमा रहेका छन्। डिएसपी भण्डारी डार्फर सुडान मिनस गइसकेका छन् भने इटाली र भारतमा समेत नेपाल प्रहरीको आवश्यक तालिम लिएका थिए। विश्व अधिकारी- साविक रूपाकोट गाविस वडा न।४ हाल भानु नगरपालिका वडा न।११ रूपाकोटमा जन्मिएका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारी इमानदार र काबिल प्रहरी अधिकृतका रूपमा संगठनमा चिनिएका छन्।

डिएसपी अधिकारी प्रहरी निरीक्षक हुदा पोखरा ट्राफिक र रूपन्देही सालझण्डीको कमाण्ड सम्मालेका थिए भने डिएसपी भएपछि अख्तियार अनुसन्धान आयोगमा बसेका थिए हाल जिल्ला प्रहरी कार्यालय पर्वतको प्रमुखमा रहेका छन्। नवराज भट्टराई साविक ढोरर्फीदी गाविस वडा न।३ हाल शुक्लागण्डकी नगरपालिका वडा न।८ मा जन्मिएका प्रहरी नायव उपरीक्षक नमराज भट्टराई संगठनमा इमानदार प्रहरी अधिकृत हुन्। भट्टराई प्रहरी निरीक्षक हुदा गोरूसिङ्गे, कृण्णनगर,कपिलवस्तु र प्रशासन शाखा नक्सालमा रहेका थिए भने प्रहरी नायव उपरीक्षक भएपछि हाल डार्फर सुडानमा मिसनमा रहेका छन्। विरेन्द्र कुमार सोम पौडेल साविक ढोरफिर्दी गाविस वडा न।३ हाल शुक्लागण्डकी नगरपालिका ८ लालिममम जन्मिएका प्रहरी नायव उपरीक्षक विरेन्द्र कुमार सोम पौडेल कमिनिकेशन इन्जिनियर हुन् नायव उपरीक्षक पौडेल हाल गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा संचार प्रमुखको जिम्मेवारमा रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया