युवा जागरण अभियान द्धारा सल्लाहकार र केन्द्रीय समिति बिस्तार 

६ भाद्र २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


युवा जागरण सजगता अभियानको केन्द्रिय समिति बिस्तार र सल्लाहकार समिति गठन गरिएको छ । युवा जागरण सजगता अभियानको संगठन बिस्तार,नीति,योजना तथा कार्यक्रम संचलान गर्न अभियानका संयोजक चिन्तन पौडेले बिज्ञप्ति जारि गर्दै केन्द्रिय समिति बिस्तार,सल्लाहकार समित गठन र वाकि रहेका वाग्मती प्रदेश र प्रदेश नं।५ को संयोजकको जिम्मेवारी तोकेका छन्  अभियानका संयोजक चिन्तन पौडेले युवा जागरण अभियानको सल्लाहकार समितिमा बेलायत वाट विश्व आदर्श पण्डित,रोल्पाका मनोजमणि आचार्य,दाङका नहकुल केसि,महोत्तरिका सरोज कुमार शर्मा,झापाका बिज्ञान प्रसाईं र रौतहटका रविनचन्द्र कोइरालालाई मनोनित गरेका छन् ।

संयोजक पौडेलले अभियानको केन्द्रीय समितिमा वाराका राजेश रौनियार, दाङका पवन नेपाली, चितवनका श्यामचन्द्र अधिकारी, सप्तरीका शशिन्द्र मोहनराज, महोत्तरिकि ममता महतो, गोरखाकि पम्फा गान्धरि, सर्लाहिकि शर्मिला थापा, अर्घाखाँचीका बिनोद घिमिरे, कपिलवस्तुकि सरु वेल्वासे, काठमाडौका ई।आशिष घिमिरे, बर्दियाका हिमाल घर्ती, रुपन्देहिका विजय गुरुङ, वाकेका रमेश तिमल्सिना, नवलपुरका आरसि लामिछाने, पर्वतका राजिव लामिछाने, भारत वाट नगेन्द्र प्रासद जोशि, ओसियाना वाट प्रविण गरुङ,बेलायत वाट नगेन्द्र श्रेष्ठ गरि १८ जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिदै अभियानको केन्द्रीय समिति बिस्तार गरेका छन् । यस अघि युवा जागरण अभियानको १३ सदस्यिय केन्द्रिय कार्यसमिति रहेको थियो । यसै गरि अभियानका अध्यक्ष चिन्तन पौडेलले वाकि रहेका वाग्मती प्रदेशको संयोजकमा पुनम लामा र प्रदेश नं।५ को संयोजकमा डा।मुक्ति पौडेलललाई जिम्मेवारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया