बालसंरक्षण सम्बन्धी अन्तरक्रिया सम्पन्न

प्रकाशित मिति:

बाल अधिकार सरोकारवालाहरु बीच आज काठमाडौँमा बाल संरक्षण सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । बाल संरक्षणको क्षेत्रमा देखिएका विभिन्न समस्याहरु र त्यसबाट बालबालिकामा प्रत्यक्ष रुपमा पर्न सक्ने नकारात्मक असरबाट जोगाउन समुदाय स्तर सम्म बाल संरक्षणका सवालहरुमा छलफल हुनुपर्ने विषयलाई मध्यनजर गर्दै यो कार्यक्रम संचालन गरिएको थियो  ।

कोअलिसन फर ट्रेनिङ रिसर्च एण्ड डेभलपमेन्ट, (सिट्रेड )प्रा ली र फेविना फाउन्डेशनले संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बाल संरक्षण क्षेत्रमा देखिएका बाल संरक्षणका सवालहरु र संरक्षण प्रणाली र संयन्त्र र विध्यमान कानुनहरुको बारेमा अनुभव आदान प्रदान गरिएको थियो । कोभिड १९ संक्रमणको जोखिमतालाई मध्यनजर गर्दै अनलाइन मा गरिएको उक्त अन्तरक्रियामा सिट्रेडका प्रमुख कार्यकारी अधिकृत विकास थापा र फेविना फाउन्डेशनका संस्थापक अध्यक्ष विद्या सागर पाण्डेयले बाल संरक्षण , बाल संरक्षणका सवालहरु, संरक्षण प्रणाली र नीतिगत व्यवस्था को बारेमा प्रस्तुतिकारण गर्नु भएको थियो ।

स्थापना काल देखि विभिन्न सेवा क्षेत्र जस्तै परामर्श सेवाहरू अनुसन्धान, प्रशिक्षण, योजना र नीतिहरू, समीक्षा, म्यानुअल विकास र प्रकाशन, परियोजना व्यवस्थापन, निजी क्षेत्र र व्यापार विकास, तालिम आयोजना, कार्यक्रम व्यवस्थापन, सूचना, शिक्षा, र संचार आईईसी विकास र प्रकाशन रहेको र बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्था एवम् सरकारी निकायहरुलाई परामर्श दिदै आइरहेको र हाल संस्थाहरुले सामाजिक उत्तरदायीत्व अन्तर्गत यो अन्तरक्रिया आयोजना गरिएकोर यस्ता प्रकृतिका कार्यक्रमहरुबाट समाजमा सकारात्मक प्रभाव पर्ने आयोजक टिमले जानकारी दिनु भयो ।

अन्तरक्रिया कार्यकम्रमा विभिन्न पेसाकर्मी, बाल अधिकारकर्मी, अभियन्ताहरु र संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहको थियो ।आगामी दिनमा पनि यस्तै समसामयिक विषयमा अन्तरक्रिया,गोष्ठी, तालिम लगायत क्रियाकलापहरु संचालन गर्दै जाने आयोजक टिमले जानकारी दिएको छ ।

थप समाचार