चालसेको उदाहरणीय कार्य,मध्यपहाडी सडकखण्डको नाली सफाई

प्रकाशित मिति:

कौरव खत्री
बागलुङ ७,भाद्र ।
बागलुङ गलकोटका एक प्रधानाध्यापकले मध्यपहाडी लोकमार्ग अन्तर्गतको गल्याङ देखि हटिया सम्मको सडकको नाली सफाई गरेका छन् ।
गलकोट नगरपालिका ८,काडेवास पचुवा स्थित शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि चालिसे(एवीसी)ले गल्याङ देखि बासखोला,आगखेत,बामिया,भैसे,बेसी लगायतको सडक खण्डको नाली सफाई गरिएको शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि चालिसे(एवीसी)ले जानकारी दिए ।
साथै प्रधानाध्यापक चालिसेले नगरपालिका वडा नं. ९ देखि सोही नगरपालिको वडा नं. ३ हटियासम्मको ९ स्थानको सडक खण्डको नालीमा रहेका ढुङ्गा,माटो, पानी र फोहोर जन्यवस्तुको सफाई गरेको उनले बताए ।
त्यस्तै प्रधानाध्यापक चालिसेले भने बर्षादको समयमा विभिन्न स्थानहरुमा सडक माथिबाट ढुङ्गा,माटो,पानी भलले नाली अवरुद्ध भई सडकभरि पानी बग्ने र चिप्लो हुदा र जोखिम न्यूनिकरण गर्न सडकमा चल्ने सवारी साधनहरुलाई आवत जावतमा निकै गाह्रो भएकाले त्यसको सहजताका लागि नाली सफाई गरेको उनले बताए ।
साथै चालिसेले भने आफूले सानो कोसिस मात्र गरेको तर यसको समाजमा सकरात्मक सन्देश फैलिने उनले बताए ।