नेपाली कांग्रेसको कर्णाली प्रदेस सभापतिमा उठ्दै युवा नेता भुपेन्द्र जङ शाही।

प्रकाशित मिति:

नेपाली कांग्रेसको महाधिवेशन नजिकै गर्दा नेपाली कांग्रेसमा आगामी नेत्तृत्वको लागि चर्चा परिचर्चा सुरु हुन थालेको छ। सभापति पदको लागि शेर बहादुर देउवा, रामचन्द्र पौडेल, बिमिलेन्द्र निधि, शसाङ्क कोइराला , सेखर कोइराला , प्रकासमान सिङ, रामशरण महत, अर्जुन नर्सिङ् केसि लगायतका नेताहरुले तयारि थालेका छन्। यसैगरि पदाधिकारिमा नेपाली कांग्रेसका चर्चित युवा नेताहरुले आन्तरिक तयारी तिब्र पारेका छन्। सङ्घिय समरचना अनुसार नेपाली कांग्रेसको परिबर्तित बिधान अनुसार प्रदेस अधिबेसनले प्रदेस कार्य समिति सहित सात वटा प्रदेस सभापति पनि चयन गर्ने ब्यबस्था छ।यसै अन्तर्गत नेपाली कांग्रेसको कर्णाली प्रदेसको सभापति मा युवा नेता भुपेन्द्र जङ शाहीले उम्मेदवारी दिने भयका छन्। नेबिसघको केन्द्रीय उपाध्यक्ष , नेपाल तरुण दलको केन्द्रीय महामन्त्री , २०७० सालमा सम्बिधान सभा सद्स्यको उम्मेदवार , २०७४ सालमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार भैसकेका शाही युवा माझ निकै लोकप्रीय छन्। राजनिति सङै साहित्य र सामाजिक सेवामा सक्रिय रहेका शाही कर्णालीमा जन्मियर कठिन सङ्घर्स बाट केन्द्रीय राजनितिमा स्थापित हुन लागिपरेका छन्।

नेपाली कांग्रेसको अगामि महाधिवेशन बाट पार्टिमा आमुल रुपान्तरण को खाचो रहेको युवा नेता भुपेन्द्र जङ शाहीले बतायका छन्। पार्टि अब पुरानो ढर्‍आ, गतिहिन, परम्परा बादि, कामचलाउ पारा र यथास्थितिमा चल्न सक्दैन अब पार्टि भित्रको गुटबन्दि, नाताबाद, भागबन्डा , ब्यक्तिगत स्वार्थ, पदिय स्वार्थ र चाकडी बाद को राजनिति अन्त्य हुन पर्छ।नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले अहिलेको युग सुचना र प्रबिधिको युग भयकोले पार्टिका नेताहरुले आम कार्यकर्ताको भाबना, जनताको चाहना, युगको माग र समयको चेत लाइ गम्भिर ढङगले बुझ्नु पर्ने बतायका छन्।
युवा नेता शाहीले अगाडि भने  नेपाली कांग्रेस लाइ मजबुत र ससक्त पार्टि बनाउन अब कांग्रेसमा सङगठन सुद्दिकरण र सुदृढीकरणको अभियान चलाउनु पर्छ। पार्टिमा अब ब्यक्ति होइन बिचार, पद होइन पद्दति, नेता होइन नितिको मुल मर्म र आदर्समा आधारित मुल्य मान्यता को राजनिति स्थापित हुन अति आबस्यक भैसकेको छ। नेपाली कांग्रेस लाइ अब समयको गति सङ दौडिने जनताको मनमा बसिरहने गतिशील, कर्मशिल र उर्जाशिल पार्टि बनाउन सबै कांग्रेसीहरु एकताबद्ध भयर लाग्नु पर्छ।

नेकपाको अत्याचार र भ्रस्टचार बाट जनता वाक्क भैसके, यो सरकार पुर्ण रुपमा असफल भैसक्यो, जनताले नेकपाको बिकल्प खोजिसके यस्तो बेला नेपाली कांग्रेस पनि पुरानै पारा बाट चलेर हुदैन बिगतका कमि कमजोरी हरु लाइ सुधारेर अब नया सोच, बिचार, नया उर्जा, कार्यक्रम र नया भिजनका साथ अगाडि बढेर जनताको आशा, बिस्वास र भरोसाको पार्टि बन्न पर्छ। नेपाली कांग्रेसका आशा लाग्दा युवा नेताहरु मध्यमा पर्ने युवा नेता भुपेन्द्र जङ शाहीले आफु बिगत लामो समय भातृसस्थाको केन्द्रीय मुख्य जिम्मेवारिमा बसेर धेरै समय काम गरिसकेकोले अब आफ्नो ध्यान पार्टिको मुल राजनीतिमा नै केन्द्रीत रहेको बताय । नेपाली कांग्रेसको तर्फबाट आफु दुइ दुइ पटक साम्सदको उम्मेदवार भैसकेको नाताले पनि नेपाली कांग्रेसको सङगठनलाइ गाउस्तर सम्म पुगेर वडा वडा, टोल टोल सम्म सङगठन निर्माण र बिस्तार गर्नु आफ्नो कर्तव्य र जिम्मेवारि रहेको शाहीले बताय। उनले भने म ६ कक्षा पढ्दै गर्दा राजनितिमा होमियको हु मलाई कुनै निजि फाइदा र स्वार्थ छैन जनताको सेवा, गाउको बिकास र समाजको परिबर्तन नै मेरो मुख्य उदस्य हो।म कुनै पदको लागि भन्दा पनि आगामी निर्बाचनमा नेपाली कांग्रेस लाइ पहिलो पार्टि बनाउन कम्मर कसेर लाग्ने प्रण गर्दछु। कांग्रेसका युवा नेता शाहीले भने अबको दिनमा भात्तृसस्थाको राजनिति भन्दा पनि पार्टिकै मुल राजनितिमा होमिने हो।

नेपाली कांग्रेसको आगामी महाधिवेशनमा  – कर्णाली प्रदेसको नागरिक हुनुको नाताले युवा नेता भुपेन्द्र जङ शाही नेपाली कांग्रेसको कर्णाली प्रदेस सभापति वा पिछडियको क्षेत्र बाट केन्द्रीय सहमहामन्त्री उठ्ने प्रबल सम्भाबना रहेको छ। युवा नेता शाहीले हामि सङ को कुराकानी मा भने – आहिले आफु जिल्ला तिर सङगठनको काम र केहि सामाजिक काममा लागिपरेको छु। कांग्रेसका नेता कार्यकर्ता र शुभेच्छुक हरु सङ छलफल मै छु , यदि पार्टि महाधिवेशन ले गति लियो भने आफुले सबै नेता कार्यकर्ता र साथीहरु को सरसल्लाह बाटनै औपचारिक रुपमै उम्मेदवारी घोसणा गर्नेछु। बिबिध कारणले यदि महाधिवेशन नसरेर निस्चित समयमै भयो भने नेपाली कांग्रेसको आगामी महाधिवेशनमा युवा नेता शाही पिछिडियको क्षेत्र बाट केन्द्रीय सहमहामन्त्री वा कर्णाली प्रदेसको सभापति वा केन्द्रीय सद्स्य मध्य एक पदमा उम्मेदवारी दिने चाइ निस्चित रहेको छ।