एकल तिज नृत्य प्रतियोगिताको प्रतिस्पर्धाबाट अनुशा राउत सोनी गुरुङ्ग,रुपा लामा विजयी बने ।

प्रकाशित मिति:

कौरव खत्री ,गुल्मी ७, भाद्र । गुल्मी समाज भिक्टोरिया अष्ट्रेलिया र नेपअस क्रियुको संयुक्त आयोजना गरिएको अनलाइन एकल तिज नृत्य प्रतियोगिता अज विजेता घोषणा गरिएको छ । एकल तिज नृत्य प्रतियोगिताको प्रतिस्पर्धाबाट उत्कृष्ट बन्दै नगद रु.६३ हजार र सम्मान पत्र सहित नेपाल इटहरीकी अनुशा राउतले प्रथम पुरस्कार हात पारिन । त्यस्तै नेपाल मोरङ्गकी सोनी गुरुङ्गले नगद रु.४२ हजार,५सय र सम्मान पत्र सहित द्धितीय पुरसकार हात पारिकी छन् । भने नेपाल बनेपाकी रुपा लामाले नगद रु.२१ हजार र सम्मान पत्र सहित तृतीय पुरस्कार हात पारेकी छन् । साथै प्रतियोगिताको लागि सामाजिक सञ्जाल अर्थात फेसबुकको लाइक,शेयर,कमेन्ट,भ्यूज बापत ३० अंक र निर्णायक मण्डलको ७० अंक सहित गरि १सय अंकलाई मूल्याङ्कनको आधार बनाई प्रतियोगी कलाकारहरु छनोट गरि आज विजेता घोषणा गरिएको हो ।

त्यस्तै प्रतियोगितामा नेपालका अनुशा राउत,मेलिना तामाङ्ग,नमिता तामाङ्ग,रुपा लामा,सोनी गुरुङ्ग र समिक्षा भट्टराई तथा अष्ट्रेलियाबाट दिव्या भट्टराई,पे्ररना खड्का,प्रिति सापकोटा र न्यूजिल्याण्डबाट अस्मिता श्रेष्ठ सहित उत्कृष्ट दश प्रतियोगी कलाकारहरु बीचको अन्तिम प्रतिस्पर्धाबाट प्रतियोगीहरु छनोट भएको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव प्रकाश अर्यालले जानकारी दिए । त्यस्तै निर्णायक मण्डलको रुपमा बरिष्ठ कलाकार बोम बहादुर कार्की,राष्ट्रिय कलाकार मञ्जु पौडेल,सायद श्रेष्ठ,कृति खनाल,विदुर शिवाकोटीले भूमिका निर्वाह गरेका थिए । तिज नृत्य प्रतियोगितामा विशेष गरि तिजको पुरानो मौलिकपन र कला संस्कृति बोकेको नृत्यहरु प्रस्तुत गरिएको थियो ।कोभिड १९को प्रभावले विभिन्न ठाँउमा जमघट र भेला गरेर तिज कार्यक्रम गर्ने अवस्था नहुदा यसरी पहिलो पटक अनलाइन मार्फत एकल तिज नृत्य प्रतियोगिता आयोजना गरिएको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव अर्यालले जानकारी दिए ।

त्यस्तै हाम्रो पुरानो मौलिकता जोगाउन र कला संस्कृतिलाई संरक्षण प्रर्वद्धन विकास गर्नका लागि पहिलो पटक अनलाइन मार्फत एकल तिज नृत्य प्रतियोगिता आयोजना गरिएको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका अध्यक्ष गान्धीप्रसाद भट्टराईले जानकारी दिए ।गत साउन ३१ गतेदेखि शुरु भएको अनलाइन प्रतियोगिता आज ऋषिपञ्चमीको अवसरमा विजेता घोषणा गरिएको छ । प्रतियोगिताको विजेता घोषणा कार्यक्रम गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाकी सह सचिव बर्षा भण्डारीले फेसबुक लाइभ मार्फत कार्यक्रम सञ्चालन गरेकी थिइन ।