प्रहरी माथि हातपात गर्ने ८ जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता , १० वर्ष सम्म कैद हुन सक्ने प्रहरी नायब उपरिक्षक मल्लको भनाई

८ भाद्र २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


डिलाराम भुसाल ,कपिलबस्तु,  भदौ – कपिलबस्तु जिल्लाको शुद्धोधन गाँउपालिकाको लबनी चौराहामा मास्क नलागाएर हिड्नेलाई कारवाही गर्न खोज्दा प्रहरी माथि हातपात गर्ने ८ जना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । गत सोमबार स्थानियलाई मास्क लगाउन आग्रह गर्दा प्रहरी चौकी लबनीमा कार्यरत ६ जना प्रहरी माथी हातपात भाएको थियो । हातपातको क्रममा ३ जना गम्भीर घाइते भएका थिए भने ३ जनालाई सामान्य चोट लागेको थियो ।

गम्भिर घाइते मध्ये ३ जनालाई थप उपचारको लागि रुपन्देहीको मणिग्राम स्थित क्रिमस्न अस्पतालमा उपचार भईरहेको प्रहरी नायब उपरिक्षक सुनिल मल्लले बताएका छन् ।
कोरोना भाईरसको उच्च जोखिम बढे पछि गृह मन्त्रालय र स्थानीय प्रशासनको निर्देशन पछि प्रहरीले मास्क नलगाउनेलाई कारबाही गर्ने अभियान जारी राखेको हो । यही अभियानमा खटिएका प्रहरीमाथी हातपात भएको थियो ।

प्रहरी माथि हातपात गरी फरार भएका दुई परिवारका ८ जना माथि ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको मल्लले बताए । उनिहरुलाई ज्यानमार्ने उद्योगमा १० वर्ष सम्म कैद हुन सक्ने प्रहरी नायब उपरिक्षक मल्लले बताए । घटनापछि उनीहरु फरार भएका छन् । उनीहरुको खोजी भईरहेको कपिलबस्तु प्रहरीले बताएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया