खौराहा बाबा धार्मीक पर्यटकीय स्थल

८ भाद्र २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


खौराहा बाबा धार्मीक पर्यटकीय स्थल दाङ जिल्लाको राप्ती गाउँपालिका वडा नं ५ को कालापानी गाउँ उत्तर तर्फ पर्दछ । यस स्थान परम्परागत रुपमा धार्मीक दृष्टीले महत्वपुर्ण मानिन्छ भने पछिल्लो समय मा पर्या पर्यटनका लागि मनमोहक तथा शान्त स्थलको रुपमा रहेको छ । महाभारत पहाडको फेदिमा पर्ने यो खौराहा बाबा धार्मीक पर्यटकीय स्थल सिसहनिया बजार देखी करिव १।५ किलोमिटर उत्तरमा पर्दछ ।

मनमोहक प्राकृतिक सम्पदा, भब्य शिव मन्दिर, आकर्षक तलाउ, स्नानार्थ कुण्ड, विभिन्न प्रजातीका चराचुरुङी तथा बन्य जन्तुको बासस्थान रहेको सो खौराहा बाबा धार्मीक पर्यटकीय स्थलमा आन्तरिक पर्यटकहरु शयर गर्न, मनमोहक दृष्यको आन्नद उठाउन, पीकनिक खान तथा स्वास्थय लाभको लागि कुण्ड स्नान गर्न नियमित आउने गर्दछन् ।माघी स्नानको अवसरमा भब्य मेला लाग्ने यो स्थान को अवलोकन तथा कुण्ड स्नान गर्नाले छाला सम्वन्धि रोग हराउने मान्यता रहिआएको छ

कालापानी सामुदायिक वनको संरक्षण तथा खौराहा बाबा धार्मीक पर्यटकीय स्थल सञ्चालन समिति लगायत समुहहरुको संरक्षणमा रहेको धार्मीक पर्यटकीय स्थलको विकासको लागि स्थानीय नागरिक, साविक गाविस र हाल गाउँपालिका लागिपरेको छ । यस्तो रमणिय स्थानको तपाईहामी पनी अवलोकन गरि धार्मीक सहिशुणता र पर्यटकीय भावनाको विकास गर्न एकपटक जाने की ।तिर्थराज ज्ञवाली  – सिसहनिया देउखुरी दाङ

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • समाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल द्धारा अंन्तरकृर्या
  • नेपाली कांग्रेसका नेताहरु द्धारा राहत वितरण ।
  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव