कोरोना कहर कि कनकन?

८ भाद्र २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


महेन्द्र कुँवर -सन २०१९ को अन्तिमतिर चाइनाबाट देखिएको कोरोना भाईरसले यति बेला विश्वलाई एउटा आकुल ब्याकुलको स्थितीमा राखेको छ । विश्व नै एक प्रकारले बन्दाबन्दीको अवस्थामा छ । मानिसहरू त्राहिमाम छन् । एकले अर्कालाई छुन त परै जाओस्, नजिक आउन पनि डराउने स्थिती छ । अहिलेसम्म न यसको औषधी पत्ता लागेको छ, न यसले पृथ्वीलाई छोड्ने संकेत नै दिएको छ । विश्व स्वास्थ्य संगठन भन्दै छ, ‘अबको दुई बर्षमा यसलाई निर्मूल पार्न सकिएला ।’ के अबको दुई बर्षसम्म हामी यसरी नै मास्क लगाएर घरभित्रै थुनिएर बस्ने? के अब दैनिक ज्याला मजदुरी गरेर खानेहरू भोकभोकै मर्ने? के बन्दको कुनै विकल्प छैन? प्रश्नै प्रश्न सर्वत्र् ।छनउत्तर कोसंग छ? के अब पृथ्वीमा मानव अस्तित्व नै संकटमा परेको हो?

भाईरस उत्पत्ती भएदेखि आजसम्म झण्डै नौ महिनाको अवधिमा नेपालमा लगलग पन्ध्र सोह्र सय मानिसले आत्महत्या गरिसकेका छन् । अझै यसै गरी यो बन्द, निषेधाज्ञा जारी गर्दै बस्दै गर्ने हो भने आत्महत्या गर्नेको संख्या कोरोनाको हत्याभन्दा कैयौँ गुणा बढी हुने छ । त्यसैले यो महामारीको नाममा गरिएको बन्द, निषेधाज्ञाको अब विकल्प खोज्नुपर्छ ।विश्वमा यसको विकल्प खोज्ने काम पनि भईसकेको छ । यो के हो र अब के गर्ने भन्नेबारेमा विश्वमा अनुसन्धान गर्नु आवश्यक छ । यसै सन्दर्भमा एक अफ्रिकन मुलुक तान्जानियाको विषय यहाँ उठान गर्नु सान्दर्भिक हुन्छ । तान्जानियामा मार्च महिनामा कोभिड–१९ को पहिलो केश देखा प¥यो । मार्चमा देखा परेको कोभिड–१९ मेमा आउँदा ५०९ जनामा संक्रमण देखिईसकेको थियो । संक्रमण बढ्दै गए पछि अन्य देशमा जस्तै संक्रमण नियन्त्रणका उपाय अपनाउन थालियो । तर त्यहाँका राष्ट्रपति जोन मागुफुली अन्य देशका शासकभन्दा अलि शंकालु भए । ल्याब परिक्षणमै शंका लागेपछि उनले सुटुक्क मेवा, बट्टाई चरा, भेँडो लगायतको स्वाब संकललन गरेर मानिसको नाम र उमेर लेखेर ल्याबमा पठाए । नतिजा ‘कोभिड–१९ पोजिटिभ’ आएपछि ल्याब प्रमुखलाई कारबाही गरी संक्रमण नियन्त्रणका सबै पद्धतिहरू बन्द गरिदिए । आज सबै विद्यालय, कलेजहरू, सार्वजनिक यातायात लगायत सबै सुचारु छन् । देशलाई कोरोना मुक्त घोषणा गरेका छन् । सबै मानिसहरू सामान्य जीवनयापन गरिरहेका छन् । विश्व स्वास्थ्य संगठन लगायले सरकारले डाटा लुकाएको आरोप लगाएका छन्, तर प्रमाणित गर्न सकेका छैनन् ।

भ्वाईस अफ अमेरिकाका केन्या संवाददाता तथा भिडियो पत्रकार रुड यालमेन्डर्प लगायतले तान्जानियाकको स्थलगत अध्ययन गरेर लेखिएका रिपोर्टहरूले पनि तान्जानिया नितान्त सामान्य रहेको, त्यहाँका नागरिकमा भाईरसको कुनै डर नभएको, कहीँ कतै पनि सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने काम नभएको, विद्यालय, कलेजहरू खुलेको र जनजीवन सामान्य रहेको भनेर लेखेका छन् । रुड यालमेन्डर्पले तथ्याङ्क लुकाएको भन्ने आरोपलाई प्रमाणित गर्ने प्रमाण खोज्न अस्पताल र चिहानघारी निरिक्षण गर्न गएको कुरा पनि लेखेका छन् । अस्पतालहरू नितान्त सामान्य रुपमा चलिरहेको, डाक्टर, नर्सहरू दौडादौड नभएको

र चिहानघारीमा पनि एकदुईओटा भन्दा बढी नयाँ चिहान नभएको अनि आफू पनि तान्जानीयन नागरिकहरूसंग अंगालो मार्दै कोभिडोल (एक पेय पद्धार्थ) पिएको अनुभव लेखेका छन् । मे महिनादेखि तान्जानियामा कुनै प्रकारको संक्रमण नभएको समाचारहरू आएका ् छन।त्यहाँका नागरिकहरू खुसी छन् । तान्जानियाको यो खबरले कोभिड–१९ को डरमा बसेका तमाम तपाइँ हाम्रो मनमा केहि प्रश्नहरू जरुर उब्जिन्छन् । के कोभिड–१९ झुट हो त? अनि विश्वभरी फैलिएको यो आतंक र डर के हो त? यता भारतका एक जना डाक्टर विश्वरुप रोय चौधरीले विश्व स्वास्थ्य संगठन लगायतलाई यो कोभिड–१९ लाई महामारी प्रमाणित गर्ने कुनै आधार नभएको, यो भाईरस कुनै नयाँ भाईरस नभएको, यो सामान्य रुघाखोकी मात्र भएको, मास्क लगाउनु झन जोखिम भएको भन्दै आफूलाई यी कुरामा गलत प्रमाणित गर्नेलाई रु. एक लाख भारतीया रुपैँया उपहार दिने घोषण गरेका छन् । त्यतिमात्र हैन अहिले जति पनि मानिस मरिरहेका छन्, त्यो भाईरसको कारण नभई विश्व स्वास्थ्य संगठनको उपचार प्रोटोकललाई दोष लगाएका छन् । डा. रोयअनुसार यो कुनै नयाँ भाईरस नै हैन । यदि नयाँ भाईरस हो भने त्यसको प्रमाण चिन र विश्व स्वास्थ्य संगठले लुकाएको पनि आरोप लगाएका छन् ।

यतिविध्न मानिस मर्नुमा डा. रोयले विश्व स्वास्थ्य संगठनले जुन उपचार प्रोटोकल बताएको छ, त्यसमै त्रुटी रहेको बताएका छन् । हाम्रो शरिरमा लाखौँको संख्यामा विभिन्न व्याक्टेरिया, भाईरस हुने, मास्क लगाउँदा ती व्याक्टेरिया तथा भाईरसहरू बाहिर जान नपाउने, शरिरमा ती व्याक्टेरिया तथा भाईरसहरू थुपिै्रदै जाने र त्यसले रुघाखोकी, ज्वरो आउने अनि हस्पिटल गएपछि विभिन्न औषधी चढाउने, जसले हाम्रो शरिरको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास ल्याउने, अनि भाईरस फोक्सोमा प्रवेश गर्ने, त्यसपछि श्वासप्रश्वासमा समस्या आउने, त्यसपछि भेन्टिलेटरमा राख्ने, यो नै मृत्युको मुख्य कारण भएको बताएका छन् । भेन्टिलेटरमा राखिएका मध्ये ९४% को मृत्यु हुने र बाँकी६% मध्ये आधाजतिमा निमोनियाँ भएर २÷३ महिनामा मृत्यु हुने र आधाजतिमा फोक्सो र ब्रेनको कनेक्सन ्नेटुटहुँदा शारीरिक र मानसिक काम गर्न नसक्ने अवस्थामा रहने बताएका छन् ।भाईरसले छिटो छिटो आफ्नो स्वरुप परिवर्तन गरिरहने हुनाले यसको भ्याक्सिन बनाउन नसकिने पति बताईन्छ । युनिभर्सिटी अफ कलेज अफ लण्डनको मे २०२० मा गरेको एउटा अध्ययनले के पत्ता लगायो भने यो ७,५०० जना मानिसमा अध्ययन गर्दा यो भाईरसले १९८ पटक आफ्नो स्वरुप परिवर्तन गरेको छ । त्यसो भए चिनको वुहानबाट सुरु भएको यो भाईरसले आजसम्म कति पटक आफ्नो स्वरुप परिवर्तन गरे होला? भाईरसको कुन स्वरुपलाई भ्याक्सिन वा औषधी बनाउने?

नेपालमै पनि वीरगंजका एक युवाको साउन १२ गते वीरगंजमा गरिएको पि.सि.आर. परिक्षण ‘नेगेटिभ’, फेरी साउन २७ गते परिक्षण गर्दा ‘पोजिटिभ’, फेरी काठमाडौँमा परिक्षण गर्दा ‘नेगेटिभ’ आएको खबर पनि सामाजिक सञ्जालमा भाईरल भईरहेको थियो । मेरै छिमेकमा एक जना ७ बर्षीय बालकलाई पि.सि.आर. परिक्षणमा कोभिड–१९ ‘पोजिटिभ’ देखियो । राती नै एम्बुलेन्स् आएर बच्चाको आमासहित कोरोना उपचार केन्द्रतिर लग्यो । बच्चाको बुवा आमालाई ‘नेगेटिभ’ देखायो, जो संगै खाने, बस्ने, सुत्ने गर्थे । ८÷१० दिन उपचार केन्द्रमा राखेर एउटा सिटामोल पनि नखुवाई फिर्ता पठाईयो । के यो भाईरस आफै लागेर ८÷१० दिनमा आफै निको हुन्छ? माथिका यी सबै तथ्य तथ्याङ्कहरूलाई हेर्दा यो कोभिड–१९ वास्तविकता भन्दा बढी अफवाह र प्रचारबाजी भएको त होइन? तान्जानियाको विषयमा हाम्रा नेपाली मेडियाहरू बेखबर भएका हुन्? के डा. विश्वरुप रोय चौधरी गलत छन्? यदि गलत भए गलत प्रमाणित गरेर एक लाख भारतीय रुपैँया पुरस्कार पाउने अवसर छ त ! किन हामी केबल कोरोना कोरोना भनेर डराईरहेका छौँ? जसको भ्याक्सिन बन्दैन, त्यो भ्याक्सिनको पर्खाइमा किन ज्यान फालिरहेका छौँ? विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषण गर्ने वित्तिकै दाँयाबाँया केही नहेरी, कुनै अध्ययन अनुसन्धान नगरी सिधै ‘लकडाउन’मा जानु कत्तिको न्यायसंगत छ? देशको अर्थतन्त्रलाई ध्वस्त पारेर मेडियाबाजी र डरको व्यापार किन? यदि यो कहर हो भने तान्जानियाको कदम गलत देखाउनु प¥यो र डा. रोयलाई गलत प्रमाणित गरेर एक लाख भारतीय रुपैँया जित्नुप¥यो, हैन भने यो अनावश्यक कनकन किन?

फेसबुकबाट तपाईको प्रतिक्रिया