घरघरमा रोपिएका फूल सुकेपछि लाखौंको माला भारतबाट आयात,, आयातित मालाको रकम छोइ नसक्नु

२३ कार्तिक २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
5 Shares


आज तिहारको मुख्य दिन । दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टिका लगाएर सयपत्री र मखमली फूलका माला लगाइदिने गर्दछन् । फूल र झिलीमिली बत्तीकोे पर्व पनि भनेर चिनिने तिहार यस बर्ष अन्य बर्षको तुलनामा केही ढिलो हुँदा मानिसहरुले घरघरमा रोपेका सयपत्री र मखमली फूल सुकेको छ । फूल सुकेपछि नेपालमा भारतबाट लाखौंको कृतिम माला आयात भएको छ । आयातित मालाको मूल्य छोइनसक्नु छ । ससाना र सामान्य माला १ सय रुपैयां देखि माथिमा विक्री भइरहेको छ । राम्रा र ठूला माला भने ५०० रुपैयांसम्म पर्ने गरेको छ ।यसरी भारतबाट ल्याइएको माला बढी प्रचलनमा आउँदा ठूलो रकम बाहिरिने गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया