कञ्चनको शिक्षा शाखामा लगाइएको ताला प्रशासनको रोहवरमा खुलाइयो

९ भाद्र २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


८ भदौ,कञ्चन गत साउन ३२ गते कञ्चनको प्रगती माध्यमिक बिधालयका अभिभावक तथा बिधार्थीहरुद्धारा गाउपालिकाको शिक्षा शाखामा लगाइएको ताला गाउपालिकाले सुरक्षाकर्मी,वडा अध्यक्षहरुको रोहवर खोलेर नियमित कार्य संचालन गरिएको छ। गत साउन २१ गते कञ्चन गाउ शिक्षा समितिको सिफारिसमा कार्यपालिकाले गजेडी माधयमिक बिधालयका मा।बि। तहका स्थाई शिक्षक गणेश पौडेललाई प्रगती माधयमिक बिधालयमा र प्रगती माध्यमिक बिधालयका मा।बि। राहत शिक्षक खेम बहादुर घर्ति मगरलाई गजेडी मा।बि।मा काज सरुवा गर्ने निर्णयका बिरुद्ध प्रगती माध्यमिक बिधालयका अभिभावक तथा बिधार्थीहरुले शिक्षा शाखामा तालाबन्दी गरेका थिए ।

कञ्चन गाउपालिकाले प्रगती माधयमिक बिधालयमा नमुना माध्यमिक बिधालयको मापदण्ड अनुसार मा।बि। स्थाई शिक्षकलाई प्रधानाधयापक बनाई प्रगती माधयमिक बिधालयले नमुना माध्यमिक बिधालयको हैसियतले प्राप्त गर्ने सेवा सुबिधालाई निरन्तरता दिन ती दुई बिधालयका शिक्षकलाई काज सरुवा गर्ने निर्णय गरिएको भएपनि प्रगती माध्यमिक बिधालयका अभिभावक तथा बिधार्थीहरुले मा।बि। तहको स्थाई शिक्षकको ब्यबस्था गरिनु पर्ने तर भइरहेको शिक्षकलाई सरुवा गर्न नपाइने भन्दै बिरोध स्वरुप प्रगती माध्यमिक बिधालय र शिक्षा शाखामा ताला बन्दी गरेको र सहमती र समझदारी बिना बल प्रयोग गरेर ताला फोडिनुले गाउपालिकाले समस्यालाई बल्झाउन तर्फ लागेको आन्दोलनरत पक्षका दुर्गा बहादुर कार्कीले बताएका छन ।

यस्तै एकतर्फी रुपमा बल प्रयोग गरेर ताला खोलिएको बिषयबारे गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले भने सहमतीको प्रयास गरिएको तर आन्दोलनरत पक्षबाट सहमतीमा आउने अवस्था नदेखिएपछि एउटै भवनमा रोजगार केन्द्रको कार्यलय पनि शिक्षा शाखा रहेको भवनमा रहेको र प्रधानमन्त्री स्वरोजगार कार्यक्रम तत्काल संचालन गर्नको लागि आवस्यक प्रक्रिया तयार गर्नु पर्ने भएकोले सधै तालाबन्दीले समस्या समाधान नहुने भएकोले आन्दोलनरत पक्षसंगको कुराकानी पश्चात सुरक्षा प्रशासनको रोहवरमा ताला खोलिएको बताउनु भएको छ। प्रगती माध्यमिक बिधालयका राहत शिक्षकसंग स्थाई दरबन्दी शिक्षक सरुवाको निर्णयको नेपाल राहत शिक्षक केन्द्रिय समिति र जिल्ला समितिले समेत बिरोध गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु
  • सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि आईपीओ निष्काशन गर्ने
  • आज  बिहीवारको राशिफल
  • माघसम्म कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आउन सक्ने
  • पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले रगत र आँखा अप्रेसन निशुल्क गर्ने