पोर्तुगल छोडेर कोईला खानीमा रमाउंदैं मोडल तिमिल्सिना

९ भाद्र २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया
16 Shares


भदौ , फिल्म क्षेत्र देखि म्युजिक भिडियोसम्म आफ्नो कला देखाउदैं आएका रिजन तिमिल्सिना पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त भैरहेका छन् । नेपालमा रहंदा साईड सिन मार्फत् आफुलाई अव्वल सावित गरेका तिमिल्सिनाले परदेशी भुमीमा समेत आफ्नो कलाको दरिलो छाप छोड्न सफल भएका हुन् । विगत ३ वर्षदेखि पोर्तुगलको राजधानी लिस्वनलाई कर्मथलो बनाएर बसोबास गरीरहेका रिजनले लिस्वनमा आफ्नै लगानीमा एक म्युजिक भिडियो निमार्ण गरेका थिए ।

भने त्यसमा मोडलको रुपमा आफैंले अभिनय समेत गरेका छन् । साथै सो म्युजिक भिडियो विदेशमा मात्रै नभएर स्वदेशमा समेत मन पराईएको थियो । होलिडेजको समय सदुपयोपको लागि नेपाल गएका रिजन हाल विश्वभर आक्रांन्त बनिरहेको कोरोना भाइरस अर्थात् कोभिड १९ ले गर्दा उनी अहिले नेपालमै थुनिएका छन् । नेपालमै रहेता पनि उनी खाली भने बस्नु परेको छैन् । पछिल्ला दिनहरुमा उनी म्युजिक भिडियो बनाउन मै व्यस्त रहेको बताएका छन् । उनले तिजको पूर्व सन्ध्यामा रोशन क्षेत्रीको “छुकछुके रेल” नामक लोकदोहोरी गीतमा अभिनय गरेका छन् । कोइलाखानाले चलेको छुकछुके रेल नामक गीतको मूख्य भुमिकामा रहेका रिजनले यो गीतसगैं थप ४÷५ वटा भिडियोको अफर आएको बताएका छन् ।

खुमन अधिकारी र मेलिना राईको स्वरमा रहेको गीतमा रोशन क्षेत्रीको शब्द र शिव बि.कको निर्देशन रहेको छ । हिम सम्झौता डिजिटल म्युजिकले उत्पादन तथा बजार ब्यबस्थापन गर्ने गीतमा नवराज उप्रेतीको छायांकन र बिकास ज्ञवालीको सम्पादन रहेको छ । केहि समय अघि छविराज ओझाको कान्छी श्रीमतीको रुपमा चर्चामा आएकी नायिका शिल्पा पोख्रेलले समेत सो गीतमा मोडलको रुपमा काम गरेकी छिन् । “छुकछुके रेल” नामक लोकदोहोरी गीत भदौ ७ गते सार्वजनिक गर्ने टिमले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • पश्चिम् नवलपरासीको प्रतापपुर गाउपालिकाको सातौ गाउँ सभा सम्पन्न
  • रौतहट यूवा पिढि द्वारा आयोजित रक्तदान कार्यक्रममा १६ जनाले गरे…
  • साँक्षि संरक्षण र घटनास्थल सुरक्षा सम्वन्धि अभिमुखिकरण
  • देउवाले गरे जनसम्पर्क समिति समन्वय विभाग विस्तार “नामावलीसहित”
  • बंगलादेशबाट मल ल्याउन भारतले सहयोग गर्ने
  • गुल्मीमा कांग्रेस र प्रहरीबीच झडपः पार्टी सभापतिसहित ६ जना घाइते
  • पश्चिम नवलपरासीमा ५४ जनामा कोरोना पुष्टि
  • कांग्रेसको प्रश्‍न : ‘गृहमन्त्रीजी के हुँदैछ गुल्मीमा ?’
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • साँक्षि संरक्षण र घटनास्थल सुरक्षा सम्वन्धि अभिमुखिकरण