एउटै व्यक्ति दोस्रोपटक कोरोनाबाट संक्रमित

९ भाद्र २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


९ भदौ, काठमाडौं । हङकङमा एउटै व्यक्ति दुई पटक कोरोना भाइरसबाट संक्रमित भएको पाइएको छ । बैज्ञानिकहरुले यसलाई संसारकै पहिलो घटना भनेका छन् । ३० वर्षभन्दा बढीका ती व्यक्ति पहिलो पटक साढे चार महिना अगाडि कोरोनाबाट संक्रमित भएका थिए । विशेषज्ञका अनुसारका एउटै व्यक्ति दुई पटक कोरोनाबाट संक्रमित हुने घटना दुर्लभ हुन्छ ।

हङकङ्ग विश्वविद्यालयको रिपोर्टअनुसार ती व्यक्ति कोरोना संक्रमण ठीक हुनुभन्दा अगाडि १४ दिनसम्म अस्पतालमै थिए । संक्रमण निको भएपछि उनी घर फर्किए । तर एयरपोर्टमा स्वास्थ्य जाँच गर्दा उनमा दोस्रो पटक कोरोना संक्रमण पुष्टि भयो । उनमा कोरोना संक्रमणको कुनै पनि लक्षण थिएन ।

लण्डन स्कुल अफ हाइजिन र ट्रपिकल साइन्सका प्रोफेसर ब्रेन्डन रेन भन्छन्, ‘कोरोना संक्रमण दोहोरिनु निकै दुर्लभ घटना हो । यसबाट थाहा हुन्छ भाइरसले समयअनुसार आफूलाई परिवर्तन गर्दछ । त्यसैले भ्याक्सिन अत्यन्त जरुरी छ ।’वैज्ञानिकहरुका अनुसार जुन व्यक्ति कोरोना संक्रमणबाट निको हुन्छ, उसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकसित हुन्छ र भाइरसलाई फेरि फर्किनबाट रोक्छ । यद्यपि रोग प्रतिरोधात्मक क्षमता कति लामो समयसम्म रहन्छ भन्ने कुरा स्पष्ट भइसकेको छैन ।@onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • समाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल द्धारा अंन्तरकृर्या
  • नेपाली कांग्रेसका नेताहरु द्धारा राहत वितरण ।
  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव