राष्ट्रिय गौरवका आयोजना तनहुँ भित्रयाउन काग्रेसका नगर प्रवक्त अधिकरीको नेकपाबाट निर्वाचित जनप्रतिनिधीलाई चुनौती

प्रकाशित मिति:

दमौली , ९ भदौ । तनहुँ काग्रेस व्यास नगर समितिका प्रवक्ता डम्बर अधिकारीले राष्ट्रिय गौरवका आयोजना जिल्ला भित्रयाउन नेपाल कम्युनिष्ट पार्टी९नेकपा०बाट निर्वाचित जनप्रतिनिधीलाई चुनौती दिएका छन् ।

नेपाल सरकारको नीतिगत निर्णय अनुसार विकास निर्माणका योजना र कोरोना संक्रमण नियन्त्रण र उपचारका लागि केन्द्र सरकारबाट विनियोजित बजेट आफ्नै पहलमा भएको भन्दै कार्यकर्ताहरुबाट ढोल पिटाएको विषय प्रति टिप्पणी गर्दै नगर प्रवक्ता अधिकारीले नेकपाबाट निर्वाचित जनप्रतिनिधीहरुलाई सो चुनौती दिएका हुन् । स्कुल अफ डेमोक्रेसी तनहुँका अध्यक्ष समेत रहेका नगर प्रवक्ता अधिकारीले काम गरेको ढोल पिट्ने नै हो भने जिल्लामा कम्तीमा पनि यस अगाडिका जनप्रतिनिधी तनहुँ जिल्लामा भित्राएका तनहुँ जलविद्युत्त आयोजना , भानुभक्त प्राणी उद्यान , जिपी कोइराला श्वास उपचार केन्द्र जस्ता एक दर्जन राष्ट्रिय गौरवका आयोजना भित्रयाउन सुझाव दिएका छन् ।

त्यसपछि ढोल मात्र होइन व्याण्ड बाजा नै बजाएर हिडौला ।’नगर समितिका प्रवक्ता अधिकारीले भनेका छन् । सरकारको नीतिगत निर्णय अनुसार बजेट विनियोजन भएको योजनाहरुमा आफूले बजेट पारिदिएको भन्दै ढोल पिटाउने केही जनप्रतिनिधीको उक्त प्रवृतिको नेकपा तनहुँ भित्रै समेत आलोचना हुने गरेको छ । नेकपाकै एक जनप्रतिनिधी भन्छन् —नेकपा भित्र ढोल पिटाउने प्रवृतिको अन्त्य हुनु जरुरी छ ।