काङ्ग्रेसदारा स्थानिय सरकारको धारणा माग     

प्रकाशित मिति:

 

नवलपरासी भदौ ९
नेपाली कांग्रेस बर्दघाट नगर कार्यसमितिले बर्दघाट २ चिसापानीेमा रहेको राष्ट्रिय आवास कम्पनीको जग्गाको विषयलाई लिएर चासो ब्यक्त गरेको छ । कांग्रेसले आज एक प्रेस विज्ञप्ती जारी गर्दै स्थानिय सरकारको धारणा धारणा माग गरेको हो ।

 

जारी प्रेस विज्ञप्तीमा कांग्रेसले बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानी महेन्द्र राजमार्गको दक्षिण तर्फ र दिब्यज्योती बहुमुखी क्याम्पसको पश्चिम तर्फको माकर २ ग कित्ता नम्बर १३१० को जग्गा विवरण ८ विगाहा २ कठ्ठा १२ धुर  स्थानिय बासीले पटक पटक सार्वजनिक सम्पत्तिको उपयोगका लागि चिसापानी अस्पताल लगायत अन्य सरकारी कार्यालय तथा स्थानिय निकायको अधिनमा हुनुपर्दछ भनी जग्गा संरक्षण गरिरहेको स्मरण गराएको छ ।

 

कम्पनीको नाममा रहेको जग्गा विक्रि गर्नका लागि २०७५ जेठ १७ गते केहि भुमाफिया र दलालहहरुले कम्पनीकै मिलेमोतोमा जालासाजी प्रकृयाबाट टेण्डर आव्हान गरी जग्गा हत्याउन कोसिस गर्दा स्थानियको कडा प्रतिवादका कारण विक्रि प्रकृया रोकिएको पनि विज्ञप्तीमा उल्लेख रहेको छ ।

 

अहिले फेरी भुमाफिया दलालहरुले उक्त जग्गालाई स्थानिय बासीको हित विपरित आफ्नो कब्जामा पारी हडप्न खोजेका कुराहरु सामाजीक संजाल तथा जनस्तरमा ब्यापक रुपमा चर्चा भएको हुँदा उक्त विषय सत्य त्यता के हो ? भन्ने कुरा नगरवासीको चासोको विषय बनेको विज्ञप्तीमा उल्लेख छ । स्थानिय सरकारलाई छिटो भन्दा छिटो आधिकारीक धारणा प्रकाशित गर्नका लागि अनुरोध गर्दै सवै पक्षलाई जागरुक हुनका लागि सचेत गराउँदै भुमाफिया दलाल प्रति घोर भत्सना गर्दै नेपाली कांग्रेस बर्दघाट नगर कार्यसमिति विज्ञप्ती जारी गर्दछ नगर सभापति सम्भुलाल श्रेष्ठ द्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ