एक घर एक पिसिआर गर्न नेपाली कांग्रेस बर्दघाट नगर समितिले बर्दघाट माग

प्रकाशित मिति:

प्रकाश न्यौपाने
भदौ १० गते ।
नवलपरासी । नेपाली कांग्रेस बर्दघाट नगर समितिले बर्दघाट नगरपलिकामा एक घर एक पिसिआर यथाशिघ्र गराउन माग गरेको छ । नेपालि कांग्रेस बर्दघाट नगर कार्यसमितिका सभापति शम्भुलाल श्रेष्ठद्धारा हस्ताक्षरीत ध्यानाकार्षण पत्रमा जारी गर्दै एक घर एक पिसिआर र दैनिक ज्यालादारी गर्ने विपन्न मजदुर र गरीव जनताहरुलाई दुई छाक खान पाउने कुराको सुनिश्चितता गर्न माग गरेको छ ।
नेपालि कांग्रेसले आज बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याललाई कार्यकक्षमा नै भेटि ध्यानआकर्षण पत्र बुझाएर यथाशिघ्र राहात वितरण गर्न समेत माग गरेको हो । नगर प्रमुखले कोभिड १९ कोरोना भाइरसको महामारी समुदायमा पुगी सकेको अवस्थामा नगरपावासीहरुको सुरक्षाको प्रमुख जिम्मेवारी नगरपालिकाको रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
नगरपालिकाद्धारा सम्प्रेसित सुचना र जारी गरिएको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने नगरवासीको प्रमुख दायित्व रहेको भन्दै निषेधाज्ञालाई प्रभावकारी रुपमा पालना गर्न आग्रह गरीएको नगर सचिब शरद पौडेलले बताउनु भयो । साथै ध्यानाकार्षण पत्र बुझ्दै नगर प्रमुख शर्माले नागरीकको स्वास्थ्य प्रति नगर गम्भिर रहेको बताउदै पिसिआर परीक्षणलाई तिब्र पारीने बताउनु भयो ।