कोरोना विरुद्धको अभियानमा साथ दिन आग्रह

प्रकाशित मिति:

बुटवल १० भदौं । सरकार कोरोना नियन्त्रणका लागि रणनितिक योजना अनुशार नै अघि बढेको प्रदेश ५ का स्वास्थ्य निर्देशक डा बिनोद गिरीले बताउनु भएको छ । कोभिड –१९ रोकथाम र नियन्त्रणका लागि प्रदेश नम्वर ५ को रणनीतिक योजना, कार्यान्वन र चूनौति बिषयक भर्चुअल सम्बादमा बोल्दै मंगलबार यस्तो बताउनु भयो । संवाद समूह प्रदेश नम्वर ५ सचिवालयको आयोजनामा भएको भर्चुअल संवादमा डा गिरीले कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणका लागि गाईडलाईन अनुशार नै काम भएको बताउनु भएको हो ।

उहांले सघ सरकारवाट आएको र आफुहरुले समेत थप गरेर बनाएको १० वुँदे निर्देशीका अहिले प्रयोगमा रहेको दावी गर्नु भयो । निर्देशीका अनुसार कुन कुन क्षेत्रका व्यक्तिको स्वाब टेष्ट गर्ने, कति दिन सेल्फ क्वारेन्टाईनमा बस्ने, कुन चरणको उपचार कुन अस्पतालमा गर्ने, कुन निकायले के काम गर्ने जस्ता कुरा उल्लेख भएको पनि बताउनु भयो । कोरोना भाईरस संक्रमण समुदाय सम्म फैलन नदिन केस स्टडीको तयारी शुरु हुन लागेको जानकारी दिदै अव अक्सीजन सहितको वेड भएको स्वास्थ्य संस्था बनाउने तयारीमा जुटेको बताउनु भयो ।

अक्सीजन र मनिटर भएका वेड बनाउने तयारीमा जुटेको प्रदेश सरकारले ठुलो संख्यामा भेन्टीलेटरमा राख्न सकिने अबस्था आएमा समस्या नहुने डाक्टर गिरीको भनाई छ । कतिपय सवालमा कमि कमजोरी भएपनि सबै संग समन्वयकारी भुमिकावाट अघि बढ्ने सरकारको नीति रहेको डा गिरीको भनाई छ । उहांले महामारीका वेलामा सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको पनि बताउनु भयो । प्रदेश ५ मा कोरोना समुदायस्तरमा भन्दा पनि समुहमा प्रवेश गरेको भन्दै त्यस्तो चेनव्रेक गर्नका लागि चेतनामुलक गतिविधिलाइृ नै जोड दिनु पर्ने बताउनु भयो ।सो अवसरमा सन्धीखर्क नगरपालिका अर्घाखाचीका उपप्रमुख डाकुर बिक र धुर्कोट गाँउपालिकाका प्रमुख भुपाल पोख्रेलले प्रदेश सरकारले संघिय सरकार र स्थानीय तहको हरेक क्रियाकलापलाई जोड्न प्रभाबकारि भूमिका खेल्नुपर्ने सुझाब दिए । उनिहरुले प्रदेश सरकारले आफुलाई अझै समन्वकारी भुमिकामा खरो उत्रान आग्रह गरेका थिए ।

शान्तिनगर गाँउपालिका दाङका स्वास्थ्य शाखा प्रमुख हरि पुनले संक्रमण बढ्न नदिन भारतबाट आउने मानिसहरुलाई होल्डीङ सेन्टरमा राखेकालाई सिधै पालिकासम्म पु¥याउनुपर्ने सुझाब दिए ।कार्यक्रममा जिल्ला समन्वय समिति बर्दियाका संयोजक शंकरप्रसाद चौधरी, शिवराज नगरपालिका कपिलबस्तुका उपप्रमुख शिबकुमारी चौधरी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजजंग शाह, पुथा उत्तरगंगा गाँउपालिका रुकुम पूर्बका स्वास्थ्य शाखा प्रमुख समिर गिरी, पश्चिम नवलपरासीका महिला अधिकारकर्मी राधा खत्री, प्युठानका रेडियोकर्मी भूवन सुनार, रोल्पाका पत्रकार कविता उपाध्याय र पाल्पाका पत्रकार सिता डोटेलले सहभागिता जनाएका थिए । कार्यक्रमको सहजिकरण संबाद समूहका बरिष्ठ सहजकर्ता सुशील बस्नेत र बुटवलका फोकल पर्सन बिक्रम खड्काले गरेका थिए ।