उपत्यकामा जारी निषेधाज्ञा भदौ १५ गतेसम्म लम्बियो

प्रकाशित मिति:

काठमाडौं, भदौ १० : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक हप्ता लम्बिएको छ। भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा भदौ १५ गतेसम्म लम्ब्याइएको हो। मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीसहित उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीबीचको छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय भएको हो।

यसअघि ३ भदौको मध्यरातिबाट लागू हुने गरी सुरु भएको निषेधाज्ञा बुधबार राति १२ बजेदेखि सकिँदै थियो। उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञा थप गरिएको हो।