गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले निशुल्क खाधन्न वितरण गर्यो।

प्रकाशित मिति:

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कोभिड १९ को महामारी सुरु भए लगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले आफै वितरण गर्दै आएको निशुल्क खाधन्न वितरण कार्यक्रम बाह्रौँ र अन्तिम पटक जुन २३, २०२० बेलुका भव्यताका साथ सम्पन्न गरेको हामी सबैलाई थाहा नै छ।

तर यस फाउण्डेशनको कृयाकलाब अथवा गतिविधिहरु न्युयोर्क शहरको मेयर कार्यालय, ब्रुक्लीनबोरो प्रेसिडेन्टको कार्यालय, क्वीन्सबोरो प्रेसिडेन्टको कार्यालय, न्युयोर्क राज्यका सेनेटरहरु, न्युयोर्क राज्यका ऐसेमब्लीमेम्बरहरु र न्युयोर्क शहरका सिटी काउन्सील मेम्बरहरुले प्रत्यक्ष अवलोकन गर्नु भएको जानकारीका साथ वहाँहरुकै अनुरोधमा फाउण्डेशनले फेरि दोस्रो पटक निशुल्क खाधन्न वितरण कार्यक्रम अगस्ट २५, २०२० सम्पन्न गरेको छ। सेवा नै धर्म हो भन्ने नारा का साथ फाउण्डेशन ले विभिन्न समुदायका ६५०० जना भन्दा बढी मा सेवा पुराइ सकेको जानकारी यसै फाउण्डेशन का अध्यक्ष सोमनाथ घिमिरे दिनु भयो।

यसै क्रममा मंगलवार, अगस्ट २५, २०२० बेलुका ६ बजे ७२-२४ ब्रोडवे, ज्याक्सन हाईट्स, न्युयोर्कमा १०० बक्स निशुल्क खाधन्न(ग्रोसरी, ड्राय फुड) र २००० पिस सर्जिकल मास्क वितरण गर्यो। उक्त ग्रोसरी र ५०० पिस मास्क क्वीन्स बोरो प्रेसिडेन्ट सारोन लि, ५०० पिस मास्क सेनेटर माईकल ज्यानारेसिस, ५०० पिस मास्क ऐसेमब्लीमेन माईकल डेनडेक्कर र ५०० पिस मास्क सेनेटर जोन लु वाट यस फाउण्डेशनलाई सहयोग गर्नु भएको थियो र यी सामग्रीहरु आजै विभिन्न समुदायका १०० जना भन्दा बढी मानिस लाई लाईनमा प्रथमतः का आधार मा वितरण गरियो।
फाउन्डेसनको निःशुल्क खाद्य सामग्री र मास्क वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य द्वय सूर्य सीमखडा र विनोद थापा खटिएका थिए

भने स्वयंसेवीहरु मा ने.का. युवा नेता अनिल पण्डे थिए भने फाउण्डेशनकी महिला सदस्यहरु क्रमशः रेखा श्रेष्ठ र भावना सिमखडा, ने.का. नेत्री कमला पन्त खटिनु भएको थियो।गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले क्वीन्स बोरो प्रेसिडेन्ट सारोन लि, न्युयोर्क राज्यका सेनेटर द्वय जोन सि लियु र माईकल ज्यानारेसिस एवम् न्युयोर्क राज्यका ऐसेमब्लीमेन माईकल डेनडेक्कर लाई धन्यवाद एवम् हार्द्वीक आभार व्यक्त गरेको छ ।