पन्ध्र गतेसम्मको लागी नवलपरासीमा निषेधाज्ञा थपियो

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने

नवलपरासी

भदौ ११ । पश्चिम नवलपरासीमा थप ५ दिनका लागी निषेधाज्ञालाई बढाइएको छ । यस अघि जारी रहेको निषेधाज्ञा १० गते राति १२ बजे सम्मका लागी रहेको थियो ।जसलाई ५ दिन थप गरी भदौ १५ गते सम्म पुर्याईएको छ । साउन ३१ गते राति १२ बजे देखी लागू गरिएको निषेधाज्ञाको समय निरन्तर तेस्रो पटक पुन थप गरिएको छ ।

जिल्ला सुरक्षा समिति, जिल्लामा सक्रिय राजनीतिक दलका प्रतिनिधि, संघीय तथा प्रदेश सभा सदस्य, स्थानिय तहका प्रमुख, उद्योग वाणिज्य संघ लगायत बुधबार अपरान्ह जिल्ला प्रसासन कार्यलयमा बसेका बैठकले निषेधाज्ञा बढाउने निर्णय गरेको हो । नवलपरासीका ७ वटै पलिकाहरुमा समुदायमा कोरोना संक्रमण देखिएकोले निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिनुभयो ।

निषेधाज्ञा अवधिभर भेला, गोष्ठी, सेमिनार, सामुहिक जमघट गर्न र अनावश्यक रुपमा हिडडुल गर्न पाईने छैन । मानिसको उपस्थिीतीमा गरिने कार्यालयका सेवा पनि बन्द गरिएको छ । यसै बिच यस्तै बैठकले जिल्लामा भेन्टिलेटरको व्यवस्थापका लागी पहल गर्ने निर्णय भएको छ । अस्पताल सहित जिल्लाका सातै स्थानिय तहले यसमा सहभागिता जनाई भेन्टिलेरको व्यवस्था गर्ने र भेन्टिलेटर संञ्चालनका लागी आवश्यक प्राविधिकको पनि व्यवस्था गर्ने र जस्का लागी तत्कालै अध्ययन सुरु गरिने पाठकले बताउनु भयो ।