पाल्हिनन्दनमा आइसोलेसन निर्माणको काम पुरा , छिटै सन्चालनमा आउने

प्रकाशित मिति:

रन्जीत शर्मा- भदौ ९रपाल्हिनन्दन ।पछिल्लो समय लकडाउन खुकुलो पछी कोरोना संक्रमित बढे संगै पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले आईसोलेसन सेन्टर निर्माणको काम पुरा भएको छ । तत्कालका लागि गाँउपालिकाको वडा नम्बर ०२ हरपुरमा रहेको हरपुर मा।वि।मा ८ बेडको स्वास्थकर्मी सहित आईसोलेसन सेन्टर स्थापना गरिएको तथा आवश्यकता अनुसार विस्तार गर्दै जाने गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश कहाँरले जानकारी दिनुभयो ।

पाल्हीनन्दन गाँउपालिकामा गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता९ दिपक० ,कर्मचारी र स्वास्थ्यकर्मी सहित एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो तथा गत भाद्र ०८ गते पि०सि०आर परिक्षणका लागी ४६ जना स्वाब संकलन गरि पठाइएको तथा रिपोर्ट ३र४ दिन भित्र आइ सक्नेछ । अहिले अधिकांश संक्रमित होम आईसोलेसनमा छन् । होम आईसोलेसनमा बस्न पाईने भएपनि आवश्यक मापदण्ड पुरा नगर्दा संक्रमण थप फैलन सक्ने जोखिम पनि हुने भएकाले संक्रमित बसेका घरको अनुगमन गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी सहितको टोलीले संक्रिमतको घरमै पुगेर उनीहरुले आवश्यक मापदण्ड पुरा गरे नगरेको बारे जानकारी निरिक्षण गरिएको हो । प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले संक्रमित बसेका केही घरमा निरिक्षण गर्दा आवश्यक मापदण्ड पुरा गरेरै बसेको पाईएको बताउनुभयो तर होम आईसोलेसनमा बस्दा थोरै मात्रै लापरवाहीले पनि परिवार र समाजमा संक्रमण फैलने जोखिम भने रहने गर्दछ ।