पश्चिम नवलपरासीमा अनिवार्य मास्क लगाउन ‘तपाईंको मास्क खै ?’ नामक अभियानको निरन्तरता

११ भाद्र २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


रन्जीत शर्मा / नवलपरासी ,१० भदौ- पछिल्लो समय लकडाउन खुकुलो पछी समुदाय स्तरमा कोरोना संक्रमित बढे संगै यूवा सचेतना संस्था रामग्राम २ ले पश्चिम् नवलपरासीको रामग्राम नगरपालिका ५ परासीकाे चाेकहरुमा तपाईंको मास्क खै ? नामक अभियान सुरु गर्दै ब्यानर लगाउन सुरु गरेका छन।

यूवा सचेतना संस्थाले सर्वसाधारणलाई कोरोनाको जोखिमबारे सचेत गराउन यस्तो अभियान चलाएको संस्थाका अध्यक्ष ईमामुल अलीले बताए। अलीलेले निषेधाज्ञा भए पनि मान्छेहरु साँझबिहान मास्क नलगाई बाटो र चोकतिर हुल बाँधेर हिँडिरहेको भन्दै उनीहरुलाई सचेत गराउन र मास्क लगाउन उत्प्रेरित गर्न ब्यानरिङ गरिएको बताए। नवलपरासीको बुद्धचाेक लगायत जिल्ला विभिन्न चाेकमा भिडभाड हुने १०० ठाउँ छनोट गरेर तपाईको मास्क खै ? भन्ने ब्यानर टाँसिएको संस्थाका सचिव समसाद अंसारीले बताए।

यूवा सचेतना संस्थाले केही दिनअगाडि ५० जना चालकलाई खादा अाेढाई सम्मान तथा ३०० निशुल्क मास्म बितरण गरेको थियाे ।’तपाईंको मास्क खै ?’ अभियान संस्था अध्यक्ष ईमामुल अलीकाे अध्यक्षता तथा प्रदेश सभा सदस्य बैजनाथ जैसवालको प्रमुख अातिथ्यतामा गरिएको कार्यक्रममा नेपाली काग्रेस क्षेत्र न.२ ´क`क्षेत्रीय सभापतीअमृत सिंह जि.सी , चन्द्रिका अग्रहरी, संदिप पराजुली ,रामग्राम नगरपालिका २ का वडा सदस्य धिरज हलुवाई ,मुलपानी सामुदायिक उपभोक्ता समिति कोषाध्यक्ष अवधेश यादव तथा प्रदिप सिंह क्षेत्री लगाएतकाे सहभागीता रहेको थियाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया