बुटवलमा उपचारत कपिलवस्तुका ५० वर्षीय पुरुषको मृत्यु

प्रकाशित मिति:

बुटवल, भदौ ११ : कोरोना भाइरस संक्रमणबाट कपिलवस्तुमा थप एक जनाको मृत्यु भएको छ। कोरोना विशेष अस्पताल बुटवलमा उपचारत कपिलवस्तु नगरपालिका १ का ५० वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो।

ती पुरूष लामो समयदेखि उच्च रक्तचाप, मधुमेहका बिरामी भएको स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका ती पुरूषमा गत भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।