डा : केसीको अनशन एक हप्ता स्थगित

११ भाद्र २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


११ भदौ, काठमाडौं । चिकित्सक डा। गोविन्द केसीले बिहीबारदेखि घोषणा गरेको सत्याग्रह एक हप्ता पछि सारेका छन् । हाल जुम्लामा रहेका केसीले स्थानीय प्रशासनको विशेष आग्रहमा सत्याग्रह एक हप्ता पछि सारेको जानकारी दिएका छन् । ‘‍‘स्थानीय प्रशासनको विशेष आग्रहमा आज बिहान सत्याग्रहलाई एक साता पछि सार्ने निर्णय गरेका छौं’ केसीले विज्ञप्तिमा भनेका छन् । गत साउन ११ गते नै आफ्नो ४ बुँदे माग सार्वजनिक गरेका केसीले ती माग पूरा नभए भदौ ११ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका थिए ।

‘हामीले झन्डै एक महिनाको समय दिंदा पनि सरकारले माग पूरा गर्न कुनै कदम चालेको छैन’ उनले भनेका छन्, ‘हामीसित गरेका सम्झौता कार्यान्वयन गर्न तथा जायज माग पूरा गर्न सरकारले कोरोना महामारीको वहाना बनाइरहेको छ जबकि अरबौं भ्रस्टाचार र घोटाला गर्न तथा सत्तारुढ दलका नेताहरुबीच कुर्सीका लागि हानथाप गर्न महामारीले छेकेको छैन । केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबीबीएस लगायतका कार्यक्रम संचालन गर्न, प्रधानमन्त्रीले नाजायज रुपमा रोकिराखेको उक्त प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्न र गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्‍याएर पठनपाठन शुरू गर्न माग गरेका छन् ।

त्यस्तै प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन पनि माग गरेका छन् । २०७५ साउन १० गते आफूसँग भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न, चिकित्सा शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सिट कायम गर्न पनि केसीको माग छ ।उनले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्न, विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शि ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्न र बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निशुल्क सेवा सुनिश्‍चित गर्न पनि माग गरेका छन् ।@onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ‘टिकटक’ बनाउन रेलमार्गमा हिडिरहेका युवाको रेलको ठक्करबाट मृत्यु
  • पूर्वीय दर्शनमा मोक्ष : जीवन हुँदै पाइन्छ कि मृत्युपर्यन्त कुर्नुपर्छ…
  • साहरुखको ‘पठान’को सेटमा लफडा
  • गल्याङ जेसिजको दोस्रो पदहस्तान्तरण
  • जाडोमा किन पिउनुपर्छ पर्याप्त पानी ?
  • ‘नाचिदेउ वसन्ती’को उत्कृष्ट कभर भिडियो बनाउनेलाई एक लाख पुरस्कार
  • प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक आइतबार बस्ने
  • तिलोत्तमा  मा  जारी दोस्रो उपमेयर रनिङ शिल्ड खुल्ला महिला भलिबलमा…
  • बुटवलमा एउटै छातामुनी सम्पुर्ण सामाग्री पाइने मार्ट संचालनमा
  • तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा राष्ट्रपति बाइडेनको हस्ताक्षर