युवा जागरण अभियानको विदेश र जिल्ला संयोजक चयन

११ भाद्र २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


नबलपरासी पश्चिम मा झविन्द्र ज्ञवाली

प्रकाश न्यौपाने  नवलपरासी ,भदौ ११ गते – युवा जागरण अभियानले संगठन विस्तारको अभियानलाई तिब्रता दिएका छ । विहिवार अभियानको विदेश संयोजक तथा गण्डकी, कर्णाली र प्रदेश ५ का जिल्लाका संयोजकहरु नियुक्त गरिएको छ । अभियानको युरोप संयोजकमा चिन्तामणि सापकोटा, जापान संयोजकमा डिपी कंडेल र कोरिया संयोजकमा विनोद बुढाथोकी नियुक्त भएको युवा जागरण ९सजगता० अभियानका संयोजक चिन्तन पौडेलले बताए ।

गण्डकी प्रदेशका सात जिल्लामा जिल्ला संयोजक चयन गरिएको छ । तनहुँमा देव रसाइली, गोर्खामा रामजी प्रसाद भट्टराई, लमजुङमा विष्णु माया घिताल, पर्वतमा जगत शंकर पौडेल, बाग्लुङमा विशेष पराजुली, नवलपुरमा नारायण प्रसाद गौडेल, र कास्कीमा विक्रमादित्य सिंह ९गिरि० चयन भएका हुन् ।
प्रदेश ५ अन्र्तगत रोल्पामा केशव विष्ट, अर्घाखाँचीमा शुशिल खनाल, प्युठानमा रुद्रमणि रेग्मी, नबलपरासी ९पश्चिम० मा झविन्द्र ज्ञवाली, पाल्पामा कृष्ण अर्याल, रुकुम ९पुर्व० मा मनोरथ घर्ति ९मगर०, रुपन्देहीमा विकास महत, गुल्मीमा कृष्णप्रसाद भण्डारी, बाँकेमा भीम पौडेल, दाङमा पुर्ण विक्रम डाँगी र कपिलवस्तुमा राजकुमार खाँड रहेको छन् । त्यस्तै कर्णाली प्रदेश अन्र्तगत सुर्खेतमा पिताम्बर ढकाल, दैलेखमा सन्देश कठायत, जाजरकोटमा प्रेम केसी, जुम्लामा जंग रोकाया, मुगुमा काली बहादुर नेपाली, हुम्लामा निराजन बुढा र डोल्पामा लंक बहादुर शाही चयन भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया