किसुनजीका प्रिय पात्र, जो अमेरिकामा यसरी बने संकटमा सुचनाका संवाहक

११ भाद्र २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


मुकुन्द सुवेदी । फिलाडेल्फिया (अमेरिका) । विसं. २०६६ साल चैत ७ गते शनिबारका दिन काठमाडौंको मण्डिखाटारस्थित सुजाता कोइरालाको घरमा अरु बेलाको भन्दा बेग्लै वातावरण थियो । नेपाली राजनीतिमा एक प्रकारले सन्नटा छाइरहेको थियो । २०६२/६३ सालमा ७ राजनीतिक दलहरूले गरेको लोकतान्त्रिक आन्दोलनमा प्रमुख भूमिका निर्वाह गरेर सम्पूर्ण राजनीतिक दल र नेपाली जनताको अभिभावकत्व लिएका गिरिजाप्रसाद कोइराला पुत्री सुजता कोइरालाकै घरमा थिए । त्यही दिन अर्थात् २०६६ साल चैत ७ गते शनिबार राजतन्त्रको अन्त्यसँगै लोकतन्त्र स्थापना गर्न सफल राजनेता गिरिजाप्रसाद कोइरालाको दुःखद निधन भएको थियो ।

देशको मुहार फेर्ने सक्षम नेताको दुःखद निधनको खवरले राजनीतिक दलहरुका शीर्ष नेताहरुदेखि शुभचिन्तकहरुको समेत भीड बढ्न थालेको थियो । देशी विदेशी सञ्चारकर्मीको पनि उत्तिकै भीड जम्मा हुँदै थियो । त्यही भीडमा थिए टेलिभिजन पत्रकार दिवाकर बागचन्द पनि । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज असामयीक निधन भएको छ । क्यामेरामेन टेकहादुरका साथमा दिवाकर बागचन्द । नेपाल टेलिभिजन मण्डिखाटार काठमाडौं ।’वि.स. २०६६ साल चैत ७ गते मध्यान्ह १२ बजेर १० मिनेट जाँदा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन हुँदा बागचन मण्डिखाटार पुगेको थिए । उनी नेपाल टेलिभिजनमा कार्यरत थिए । नेपाल टेलिभिजनले कोइरालाको दुखन निधनको समाचार पहिलोपटक प्रशारण ग¥यो । जुन समाचार उनै बागचन्दले लेखेका थिए ।

सुदुरपश्चिम नेपालमा जन्मिएका दलित समुदायका व्यक्ति जसले काठमाडौंको मूलधारको पत्रकारितामा आफ्नो छुट्टै पहिचान बनाइसकेका बागचन्द लामो समयसम्म पत्रकारितामा देखा परेनन् । सबैले उनी हराएको अनुमान पनि गरे । तर, उनी हराएका थिएनन्, नेपालभन्दा धेरै टाढा अर्थात् सपनाको मुलुकमा बसेर चुपचाप पत्रकारिता गर्दै आएका थिए । झण्डै तीन दशकदेखि छापा र टेलिभिजन पत्रकारितामा सक्रिय बागचन अहिले फेरि टेलिभिजन पत्रकारितामै फर्किएका छन् । सपनाको मुलुक अमेरिकालाई केन्द्र विन्दु बनाएर अहिले ‘न्युयोर्कबाट क्यामरामेन गौतम ढकालका साथ दिवाकर बागचन्द, इमेज टेलिभिजन’ अमेरिका भन्दै पुनः उनी पेशामा फर्किएका छन् ।

संकटमा संवाहक – सुरिलो स्वरका धनी बागचन उनी निडर त छँदैछन्, अझ यसपटक कोभिड –१९ को महामारीको बेला ज्यानको कुनै पर्वाह नगरी पत्रकारितामार्फत बहादुरी प्रस्तुत गरिरहेका छन् ।कोरोना भाइरसको महामारी न्युयोर्कमा जतिबेला सुरु भयो, त्यति बेला नेपाली समुदायलाई सही सुचनाको आवश्यकता थियो । त्यही बेला उनले नेपाली समुदायलाई लक्षित गर्दै स्थलगत रुपमा समाचार प्रस्तुत गर्न थाले । जुन अमेरिकामा बस्ने नेपालीका लागि महत्वपूर्ण बन्यो । अमेरिकामा बस्ने आम नेपालीलाई यो महामारीबारे सुरुमा जानकारी दिनु आफैंमा अपत्यारिलो काम त छँदै थियो, अझ नेपाली बस्ने घरहरु र कोठाहरुमा पुग्नु कम चानचुने कुरा थिएन । यस्तो कठिन परिस्थिती हुँदा पनि उनले अमेरिकामा बस्ने नेपालीहरुको खोजी नीति गरे, त्यसबाट धेरै नेपालीहरुलाई सुरक्षित बनाउन धेरै मद्यत पुग्यो । उनले नेपालमा बसेर पत्रकारिता गर्दा राजादेखि जनतासम्म कयौंपटक साक्षात्कार गरेका थिए । राजनीतिक, सामाजिक र आर्थिक विभेदका बारेमा आफ्नो कलम चलाउने गरेका थिए । अहिले अमेरिकामा पनि उनले यही क्रमलाई निरन्तता दिइरहेका छन् । पत्रकारिता पनि यो समाजका अंग हो । उसको पनि उत्तिकै जवाफदेही र जिम्मेवारी हुन्छ’ उनले निशान न्युजसँग भने, ‘त्यसैले मैले महामारीका बेला समाजप्रति सही सुचना दिएर आफ्नो जिम्मेवारी निर्वाह गरेको हुँ ।’

पत्रकारले असहज वा जस्तो सुकै परिस्थिती आउँदा पनि सुचना प्रवाह गर्नैपर्छ । त्यो पत्रकारको धर्म हो । तर, कोभिड –१९ को महामारीका बेला धेरै पत्रकारहरु प्रविधिको सुविधा उपयोग गर्दै आफ्नै घरबाट सुचना सम्प्रेषण गरिरहेका छन् ।उनले आफ्नो ज्यानको कुनै पर्वाह नगरी अमेरिकामा बस्ने नेपालीलाई सुचना दिन दौडिरहे । ‘विभिन्न समस्याहरुलाई पन्छाएर मृत्युको पनि पर्वाह नगरी नेपाली समाजलाई केही गर्न सकेकोमा मसन्तुष्ट छु’ उनले निशान न्युजसँग भने, ‘पत्रकारितामा जोखिम नमोली हुन्न । त्यसमा पनि यस्तो महामारीको चुनौतीलाई सामना गर्दै आएँ । ययसलाई मैले मेरो कर्तव्य ठानेको छु ।’ अमेरिकामा रहेका झण्डै २ सयको हाहाहारीमा नेपाली पत्रकारहरु छन् । वर्षाैदेखि यही भुमीलाई कर्म थाले बनाएर पत्रकारिता गरिरहेका पुराना र पाका पत्रकारहरु पनि यहीँ छन् । तर, उनी छोटो समयमै नेपाली समुदायमा स्थापित हुन सफल भएका छन् । अमेरिकी राजनीति, आर्थिक अवस्था र यहाँको विविधताबारे बढी खोजमुलक प्रस्तुती गरेका कारण पनि उनका खोज नेपालीका लागि अत्यन्तै उपयोगी छ ।उनको प्रस्तुतीपछि धेरै नपालीले राहत पाएका छन् । उनले अपाङ्गता भएका र महामारीमा वेसहरा बनेका मानिसहरुको संघर्षलाई प्रस्तुत गर्दा प्रस्तुतीले धेरैका आँखा रसाए । धेरैले उनको प्रस्तुतीको तारिफ पनि गरे । र, उनले उठाएका समस्या समाधान गर्न सहयोगी हातहरु अघि पनि सरे । निडर, हक्की र जुनसुकै पनि समाचारको गहिराईमा पुग्ने गरेका बागचन्द अमेरिकामा साथीभाइमाझ ‘टाइगर’ नामले परिचित छन् । उनको डिउडाल र पत्रकारिताको प्रस्तुती हेर्दा साच्चैको ‘टाइगर’ जस्तै देखिन्छन् । नेपालमा यस्तो साहसिक र बहादुर व्यक्तिहरुलाई सम्मान गर्ने धेरै संस्थाहरु छन् । तर दिवाकर बागचन्दहरु समाजको असमान सोचाई र तिनका नजरमा सधैं ओझेलमा परिररहेका छन् ।

किसुनजीका प्रिय पात्र हरेक मानिसमा केही राम्रा गुण हुन्छन्, केही नराम्रा पनि । उनीमा पनि दुबै हुनसक्छ । उनले नेपालमा रहँदा राजनीतिक परिवर्तका लागि भएका आन्दोलनहरु, आन्दोलन दबाउन गरिएका कफ्र्यू र जनयुद्धका समयका समाचार पस्किए ।सुदूरपश्चिमबाट काठमाडौं आएर पत्रकारितामा टिक्न र बिक्न सजिलो छैन । त्यसमा पनि त्यो बेला दलित समुदायका व्यक्तिलाई पत्रकारितामा टिक्न कहाँ सजिलो थियो र ? त्यस पनि गरिबी र अभावका बीचमा काठमाडौंको भोगाई धेरैको जीवनमा पाठ बनेको छ । उनले पनि काठमाडौंको बसाईबाट धेरै पाठ सिके ।उनी सन्त नेता कृष्णप्रसाद भट्टराईका प्रिय पात्र थिए । नेपाली पत्रकारलाई किसनुजीले धेरै समय दिन्थे । सबैसँग सम्बन्ध पनि राम्रो थियो । त्यसभित्र पनि बागचन किसुनजीका प्रिय पात्र थिए ।किसुनजीको अन्तरवार्ता लिनु सामान्य कुरा होइन । तर, किसुनजीसँग सम्बन्ध राम्रो भएका कारण उनले धेरै पटक अन्तरवार्ता लिएका छन् । जुन अन्तरवार्ताले सबैको तारिफ बटुलेको छ । ‘मैले उहाँ (किसुनजी) सँग धेरैपटक उठबस गरेको छु, उहाँले मलाई माया पनि गर्नुहुन्थ्यो’ उनी भन्छन्, ‘उहाँसँगको सम्बन्धकै कारण धेरैपटक अन्तरवार्ता लिएको छु ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया