पश्चिम नवलपरासीको स्वाठीका युवाले खोले फुड बैंक

प्रकाशित मिति:

रन्जीत शर्मा रनवलपरासी, ११ भदौ- कोरोना संक्रमणको महामारी बढ्दै गएपछी बिगत ५ महिनाको लकडाउनले थलिएको जनजिवन फेरि निषेधाज्ञाका कारण थप प्रभाबित भएको छ। पश्चिम् नवलपरासीको सुनवल नगरपालिका वडा न ९, स्वाठीका युवाहरु स्वतस्फूर्त रुपमा सामाजिक सन्जालको ग्रुप स्वाठी युथ सर्कल मार्फत बिपन्न र जनजिवन प्रभाबित भएका समुदायका लागि राहत स्वरुप ू हुनेले दियर जानुहोस, नहुनेले लिएर जानुहोसू भन्ने नाराका साथ स्वाठीमा फुड बैंक सन्चालनमा ल्याएका छन।

युवाहरुको महामारीका बखत समुदाय प्रती आफ्नो दायित्वबोध गर्दै स्वतस्फूर्त रुपमा यस अभियान सन्चालनमा लेराएको र निषेध आज्ञा जारी रहदा सम्म यो अभियान चलिराख्ने भन्दै सहयोग गर्न चहाने महानुभावहरुले ९८२१४५५५५२ सम्पर्क गरि सहयोग गर्न सक्ने कुरा यसै अभियानका अगुवा अभियान्ता निर्दोष बस्यालले बताए।

आज मात्रै यस फुड बैंक मार्फत प्रत्क्षयरुपमा २५ घरधुरी लाभान्वित भएका छन। यस अभियानलाई सन्चालन गर्ने युवा अभियान्ताहरु निर्दोष बस्याल, मिलन बुढाथोकी, शिवलाल भट्टराई, शंकर नाउ, अमन अग्रहरी,प्रभु पासी, सुशील ज्ञावाली, समीर खान हुन। यस परोपकारी अभियानलाई खाध्यान सामाग्री सहयोग गर्ने दाताहरु अङ्गद प्रसाद कामी, मनोहर कुवर, शिवराम खनाल,शंकर नाउ, मन्नु प्रसाद शर्मा, रामचन्द्र सापकोटा, लोक बहादुर बुढाथोकीलाई धन्यबाद ज्ञापन गर्दै करिब १२००० बराबरको खाध्यान्न संकलन र बितरण भएको र निरन्तर रुपमा यो अभियान चलिरहने जानकारी गराउदै यस अभियानमा सहभागी हुनका लागि सामाजिक सन्जाल फेसबूक मार्फत स्वाठी युथ सर्कलको फेसबूक पेज लाइक गरि जुट्न सकिने भन्दै पुण्य कार्यमा हात बढाउनका लागि अभियान्ता निर्दोष बस्यालले युवा साथिहरुलाई आहावन गरे। यो फुड बैंक स्थापना कार्यक्रममा सेनिटाईजर र मास्क सहयोग कृष्ण मेडिकल हल र सापकोटा मेडिकल हलले गरेका थिए।