सैनामैनामा मर्निकवाक गर्न गएका युवाको ट्रकको ठक्करबाट मृत्यु

प्रकाशित मिति:

सुरेश परियार, रुपन्देहीको सैनामैनामा ट्रकको ठक्करबाट एक युवाको मृत्यु भएको छ । सैनामैना वडा न।५ स्थित मौसमचोकमा आज शुक्रबार विहान मर्निकवाक गर्न गएका सैनामैना वडा न।६ बस्ने वर्ष १६का विनोद वि।कको ट्रकको ठक्करबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक कमल परियारले जानकारी दिए ।

पुर्वबाट पश्चिम जादैँ गरेको ना ६ ख ५७०२ नम्बरको ट्रकले ठक्कर दिंदा गम्भीर घाइते भएका वि।कको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जनाइएको छ । तत्काल ठक्करदिने ट्रक सहित चालकलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरी निरिक्षक परियारको भनाई छ