नेपाल पुनर्बीमामा लगानीकर्ता किन आकर्षित ?

प्रकाशित मिति:

काठमाडौं– दोस्रो बजार नेप्सेमा पछिल्लो एक हप्तादेखि लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको शेयर पर्दै आएको छ ।
कारोबार रकमको आधारमा र शेयर कित्ता खरिदको आधारमा यो कम्पनीको पछिल्लो दिनहरुमा पहिलो नम्वरमा छ । बिहीबार मात्रै ३ लाख २५ हजार ११७ कित्ता शेयर खरिदविक्री हुँदा २३ करोड १२ लाख ९४ हजार ३२९ रुपैयाँको कारबोर भएको छ ।  लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनी पर्न थालेपछि यसको बजारमा चियोचर्चा समेत हुन थालेको छ । यसको मूल्य अझै बढ्ने लगानीकर्ताहरु बताउँछन् । नेपालमा भएको इन्स्योरेन्स कम्पनीको पनि रिइन्स्योरेन्स कम्पनी भएकाले यसको मूल्य आकासिने उनीहरुको बनाई छ ।

अहिले दोस्रो बजारमा सूचिकृत भएको बीमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५देखि १ हजार रुपैयाँ भित्र रहेको छ । पुनर्बीमा कम्पनीको शेयर मूल्य बुधबार प्रतिकित्ता ७०८ रुपैयाँ छ ।अरु इन्स्योरेन्स कम्पनीको शेयर मूल्य भन्दा पुनर्बीमा कम्पनीको शेयर मूल्य स्वाभाविकले माथि हुनु पर्ने लगानीकर्ताहरु बताउँछन् । लगानीकर्ताको यस्तो सोचाइले पुनर्बीमा कम्पनीको शेयरले दिनप्रतिदिन टफ गेनरमा बढ्दै गएको छ ।
पछिल्लो दिनहरुमा पुनर्बीमा कम्पनी जस्तै नेको इन्स्योरेन्स कम्पनी लिमिटेड, शिभम सिमेन्ट लिमिटेड, एनआइसी एशिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एनएमबी बैंक लिमिटेड सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरैन्स लगानीकर्ताको रोजाइमा पर्दै आएका छन् । @अर्थ संसार,