बुटवलको कोरोना अस्पतालमा तिलोत्तमाका ६० वर्षीय पुरुषको मृत्यु

प्रकाशित मिति:

बुटवल भदौ १२ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमितको मृत्यु भएको छ । भदौ ७ गते अस्पतालमा भर्ना भएका तिलोत्तमा ८ का ६० वर्षीय पुरुषको गएराति साढे २ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले बताए ।

पहिले सामान्य अवस्था थियो, १० गतेबाट भेन्टिलेटरमा राखी उपचार थाल्यौं,’ उनले भने, ‘फोक्सोमा समस्या भई श्वासप्रश्वासमा गाह्रो भएर ज्यान गयो ।’ मृतक मधुमेहका समेत बिरामी थिए ।अहिले कोरोना विशेष अस्पतालमा आइसियुमा १५ बिरामी उपचाररत छन् भने भेन्टिलेटरमा २ जना रहेका छन् । यसअघि तिलोत्तमाकै ७० वर्षीया एक महिलाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।