नवलपरासीमा युवाहरुको सक्रियतामा माक्स खोइ अभियान सम्पन्न

प्रकाशित मिति:

प्रकाश न्यौपाने

भदौ १२ गते
नवलपरासी । पश्चिम नवलपरासीमा कोरोना भाइरस (कोभिड(१९) संक्रमितको संख्या दिन प्रतीदिन थपिदै गएको बेला तपाइको माक्स खोइ ? अभियान गरीएको छ । भदौ १० गते देखी सुरुवात गरीएको यो अभियान ७ वटै पलिकाहरुमा सञ्चालन गरीको युवा सचेतना सस्थाका अध्यक्ष ईमामुल अलिले जानकारी दिनुभयो ।
जिल्लमा दिन प्रतिदिन कोरोना संक्रमित थपिएता पनि जिल्लाबासीहरुले साबधानीमा ध्यान नदिएकोले बेला युवाहरुले यस्तो अभियान चलाएका हुन । बुधवार, पाल्हीनन्दन र सुस्ता गाउपालिकामा बिहिबार सुनवल नगरपालिका, बर्दघाट नगरपालिका र सरावल गाउपालिकामा र आज शुक्रबार रामग्राम नगरपालिकाका विभिन्न ठाउहरुमा “तपाईको माक्स खोइ ? ”, “स्वस्थ रहौ, सचेत रहौ” , “आफु पनि बचौ अरुलाई पनि बचाऔ” भन्ने लेखिएका जनचेतना मुलक ब्यानर लगाएको छ ।
समुदाय स्तरमै कोरोनाको संक्रमण फैलिदैँ गएको तर मानिसहरुमा माक्स नलगाई हिँड्ने हेल्चेक्राई बढ्न थालेपछि नागरीकलाई कोभिड १९ बारे सचेत बनाउने उदेश्यले जनचेतना मुलक व्यानर राखिएको अध्यक्ष ईमामुल अलिले जानकारी दिनुभयो । जिल्लाका बिभिन्न चोकमा भिडभाड हुने १०० ठाउँ छनोट गरेर व्यानर लगाउने अभियान अन्तर्गत आज शुक्रबार समापन गरीएको छ ।