नेपालमा प्लाज्मा थेरापीबाट २० जना भन्दा बढी कोरोनामुक्त

१२ भाद्र २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा प्लाज्मा थेरापीबाट उपचार गरी २० जना भन्दा बढी मानिसहरु कोरोनामुक्त भएको जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ४२ जनाले प्लाज्मा दान गरिसकेको जनाए । ग्रान्डी इन्टरनेसनल अस्पताल ब्लड बैँकमा अहिलेसम्म २० देखि ५९ वर्षका ३७ जना, त्रिवि शिक्षण अस्पतालमा २ जना, बुटवल अस्पतालमा २ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ जना गरी ४२ जनाले प्लाज्मा दान गरेको मन्त्रालयले बताएको हो ।

डा गौतमले कोभिड १९ का संक्रमित व्यक्तिहरुका लागि नियमित रक्तदान गर्न चाहने व्यक्ति तथा संस्थाले सुरक्षित तवरबाट रक्तदान गर्न सम्बन्धित अस्पताल, रेडक्रससँग समन्वय गरी सहयोग गर्न आग्रह गरे ।@ekantipur

फेसबुकबाट तपाईको प्रतिक्रिया