बर्दघाटमा ६ पत्रकार सहित ४५ जनाको पिसिआर रिर्पोट नेगेटिभ आयो, १२ को रिर्पोट आउन बाकी

प्रकाशित मिति:

रामु भुषाल,भदै १२ पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा बुधबार ५७ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षणको लागी पठाइएकोमा ४५ जनाको पिसिआर रिर्पोट शुक्रबार नेगेटिभ आएको छ । बर्दघाट नगरपालिकाका एक सञ्चार माध्यमबाट एक जना गरि नमुनाको रुपमा ६ वटा सञ्चारमाध्यमबाट ६ जना लगाएत नगरका क्वारेन्टाइन, होम क्वारेन्टाइन, समुदाय र कंट्याक्ट ट्रेसिंगको आधारमा गरि ५७ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षणको लागी पठाइएको थियो

जसमध्य शु्क्रबार ४५ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवलीले जानकारी दिनुभएको छ । बर्दघाट नगरपालिकाको समन्वयमा नगरमा रहेका संचार गृहहरुवाट एक, एक जना क्रियाशिल पत्रकारहरुको कोरोना परीक्षण गर्दा ६ जनाकै रिपोर्ट नेगेटिभ आएको हो । महामारीको बेलामा अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरुको समेत बढ्दो जोखिमको अवस्थालाई मध्य नजर गर्दै क्रियाशिल पत्रकारहरुको कोरोना परिक्षण गरिएको थियो ।

फिल्डमा काम गर्दा बढ्दो जोखिमका कारण पत्रकारले समेत मानसिक त्रास बोक्नु पर्ने भएकाले त्यसको अन्त्य र आफ्नो स्वास्थ्यका बारे जानकारी लिन समेत सहज हुने भएकोले बर्दघाट नगरमा रहेका प्रत्येक संचार माध्यामवाट नमुनाका रुपमा एक जना क्रियाशिल पत्रकारको कोरोना परिक्षण गरिएको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले बताउनुभएको छ । नगरमा यस अगावै लिइएका स्वाबहरुको पिसिआर रिर्पोट आइसकेको छ भने १२ जनाको अझै पनि पिसिआर रिर्पोट आउन बाकी नै रहेको बर्दघाट स्वास्थ्य शाखा प्रमुख ज्ञवलीले बताउनुभयो । नगरमा समुदाय स्तर सम्म कोरोना फैलि नसकेको र सबै नगरबासीले सावधानी अपनाए नगरलाई समुदायमा कोरोना फैलिनबाट बचाउन सकिने नगर प्रमुख बस्यालले बताउनुभयो ।