निषेधाज्ञालाई उलंघन गर्दै महेशपुरका पसल व्यवसायीले खोले पसल

१२ भाद्र २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


रन्जीत शर्मा– नवलपरासी र१२ भदौं । पश्चिम् नवलपरासीको महेशपुरमा निषेधाज्ञाको उलंघन गर्दै व्यवशायी पसल सञ्चालन गरेका छन् । विगत छ महिना भन्दा बढी समयदेखि शहर मा लगाइएको निषेधाज्ञाका कारण व्यपार व्यवसाय चौपट भएको बताउँदै पाल्हिनन्दन गाउपालिका वार्ड न ०१ पर्ने महेशपुर क्षेत्रका व्यवसायीहरुले शुक्रबार पसल खोलेका हुन् ।

पश्चिम् नवलपरासीमा कोरोनाभाइरस समुदायस्तरमा फैलिएको भन्दै स्थानीय प्रशासनले साउन २४ गतेदेखि निषेधाज्ञा लगाएको छ । निषेधाज्ञाले गर्दा व्यापार व्यवसाय पूर्ण रुपले बन्द हुँदा हातमुख जोड्नसमेत समस्या परेको व्यवसायीहरुले बताएका छन् । उनीहरुले कोरोनाले भन्दापनि भोक र चिन्ताले मार्ने जोखिम बढी भएको भन्दै पसल सञ्चालन गरेको बताए । महेशपुरको सहिद चोक देखि भन्सार कार्यालयसम्म मेनरोडमा रहेका पसलहरु सञ्चालन गरिएको हो । निषेधाज्ञा भएपनि कर, बैंकको ब्याज, बिजुली महशुल, घर भाडा लगायतका शुल्क तिर्नै पर्ने भएका कारण पसल व्यवसाय सञ्चालन गर्नुको विकल्प नभएको व्यवसायीहरुको भनाई छ ।

‘सरकारले कर मिनाहा गर्दैन, बैंकले ब्याजमा सहुलियत दिँदैन । अनि पसल बन्द गरेर कहाँबाट तिर्ने त रु’, महेशपुरका एक व्यवसायी भन्छन्, ‘दैनिकी चलाउन पनि नसकिने अवस्था आईसक्यो ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया