निषेधाज्ञाको हामी सबैले पुर्ण रूपमा पालन गरे कोरोनालाई हराउन सक्छौ : रेडक्रस अध्यक्ष अग्रहरी

प्रकाशित मिति:

रन्जीत शर्मा – नवलपरासी ,१२ भदौ: कोरोना भाइरसको संक्रमणबाट क्षति नहोस् भन्ने उदेश्यले नेपाल रेडक्रस सोसाईटी बालपुरी शाखा सरावलको अध्यक्ष प्रदिप अग्रहरीले निषेधाज्ञाको हामी सबैले पुर्ण रूपमा पालन गरे कोरोनालाई हराउन सक्छौ भन्दै निषेधाज्ञा हामी सबैको हितमा रहेकोले यसलाई सबैले पालना गरौं भनेर आग्रह गर्नु भएको छ।

नेपालमा कोरोना भाइरस ९कोभिड–१९० समुदाय स्तरमा आइसकेको हुनाले यसबाट बच्न हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम लगाएतको उपाय अपनाउन आम जनसमुदाय आग्रह गर्नु भएको हो। नेपाल भारत खुल्ला नाका रहेको तथा विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई कोरोना संक्रमणको उच्च जोखिम राखेको छ । अहिलेको यो विसम परिस्तीथिमा सचेतना जगाउदै नवलपरासीका सम्पुर्ण नागरिकलाई सचेत भई लकडाउनको पालना गर्न आग्रह गरेका छन् । नवलपरासीको सातौँ स्थानीय तहले गरिबीका रेखामुनि रहेका जनतालाई अबिलम्ब राहत दिनु जरुरी रहेको बताउदै ज्यालादारी , असहाय ,गरिबको रेखामुनि जो रहेका छन जसलाई बिहान कमाएर साझ खाने एक छाक टार्नलाई धौँ धौँ हुने त्यस्ता ब्यक्तिलाई राहतका प्याकेज ल्याउन जनप्रतिनिधिलाई आग्रह गर्नुभएको हो ।

यश बिपतको घडीमा हामी सम्पूर्ण समाजसेवी ,समाजिक अभियान्ता ,उद्योगी, व्यवसायी,राजनीति दलका प्रतिनिधि तथा स्थानीय निकायका जनप्रतिनिधिहरु मिलि जनताको समस्या समाधान तिर लाग्न एक्दमै जरुरी रहेको छ । दिनानुदिन कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि विश्व आक्रान्त भएको छ । नेपालमा समेत कोरोना संक्रमणको अवस्था भयावह भएको छ । यसबाट बच्न हालसम्म कुनै पनि ठोस उपाय बनिसकेको छैन । मास्कको प्रयोग, सामाजिक दुरी वा साबुनपानी र स्यानिटाइजरको प्रयोग नै कोरोना संक्रमणबाट बच्ने उपाय बनेको छ । बालपुरी शाखाका अध्यक्ष अग्रहरीले भन्नुहुन्छ कोरोना नियन्त्रणको एक मात्रै उपाय सतर्कता हो। आफ्नो सुरक्षाका लागि आफैंले ध्यान दिनुपर्ने बेला भएकाले निषेधाज्ञामा घरभित्र नै बस्नुहोला। धेरै व्यक्तिको सम्पर्क र भिडभाडमा नजानुस्। अलग(अलग, एक्ला(एक्लै बस्नु सबैभन्दा राम्रो हो। भेटघाट बन्द गर्नुस्। यसको कुनै त्यस्तो औषधी उपचार नभएको हुनाले सचेत हुनु नै बेस हुन्छ।

केही अप्ठ्यारो समस्या भए स्थानीय सरकार र रेडक्रस बालपुरी शाखालाई सम्पर्कमा आउनुस्। नआत्तिइ उच्च मनोबलका साथ बस्नुहोला। यो अप्ठ्यारो परिस्थतिमा हामी तपाईंको साथमा छौँ। यदि, विदेशबाट आउनुभएको छ भने तत्काल स्थानीय सरकारको सम्पर्कमा आउनुस्। आफ्नो परिवार र समाज सबैको हितको लागि केही दिन क्वारेन्टाइमा बसिदिनुस्।