कोरोनाबाट १२ जनाको मृत्यु पुष्टि

१२ भाद्र २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


१२ भदौ, काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । मोरङमा २ जनाको मृत्यु भएको छ भने भक्तपर, मकवानपुर, उदयपुर, पर्सा, धनुषा, सिराहा, झापा, चितवन, जमजुङ र रुपन्देहीमा एकएक जनाको मृत्यु भएको हो । मृतकमध्ये ४ जना महिला छन् भने ८ जना पुरुष छन् । यससँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गम्भीर संक्रमित बढे

मन्त्रालयका अनुसार देशभरमा गरी हाल २२ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । बाग्मतीमा १७, प्रदेश १ मा ३ जना र प्रदेश ५ मा २ जना भेल्टिलेटरमा छन् ।

यसैगरी १६४ जना आईसीयूमा छन् । सबैभन्दा धेरै बाग्मती प्रदेशमा ८१ जना संक्रमित आईसीयूमा छन् । प्रदेश २ मा ४४, प्रदेश १ मा ४१, प्रदेश ५ मा १५ र गण्डकी प्रदेशमा ३ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ ।@onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया