आज शनिबारको राशिफल

१३ भाद्र २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


आज २०७७ भदौ १३ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार दैनिकी कस्तो रहन्छ रु भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ रु ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ-रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकाएको भयपनि रहला । मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, हा- आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शत्रु पराजित हुनेछन् । बित्तिय संस्थाबाट सहयोग पाईनेछ, तर स्वास्थ्यप्रति सजक रहनुहोला । कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो-पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे- प्रेमीको सहयोग पाईनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् । कन्या -टो, पा, पि, पु, ष, ण, ठ, पे, पो-आज निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ । मनमा दुविधा उत्पन्न हुनेछ, तर शुभ र नयाँ कार्यको योजना बन्नेछ । तुला -रा, रि, रु, रे, रो, ता, ति, तु, ते-नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको अवसर मिल्नेछ ।

वृश्चिक-तो, ना, नि, नु, ने, नो, या, यि, यु- अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धर्म,कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धनु -ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति हुनेछ । मकर-भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, दा- एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर बढ्नेछ ।मीन -दि, दु, थ, झ, ञ, दे, दो, चा, चि-आज मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया