तिलोत्तमाको आग्रह—सोह्र श्राद्ध कार्यमा वैकल्पिक विधि अपनाऊँ

१३ भाद्र २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


तिलोत्तमा, भदौ १३ । समुदाय स्तरमा कोरोना संक्रमण बढ्दै गैरहेको अवस्थामा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सोह्रश्राद्ध अर्थात् पितृपूजन कार्य वैकल्पिक तरिकाले गर्न नगरबासीलाई आग्रह गरेको छ । कोरोना सङ्क्रमणको महामारी रोक्न नगरपालिकाले यथासक्य भर्चूअल माध्यमबाट सोह्र श्राद्ध गर्न नगरबासीलाई अपिल गरेको हो ।

कोरोना महामारीपछि भर्चूअल माध्यमबाट औपचारिक बैठक, छलफल, शिक्षण सिकाइ क्रियाकलाप भैरहेको अवस्थामा तिलोत्तमाले सोह्रश्राद्ध कार्यमा समेत सम्भव भएसम्म प्रविधिको प्रयोग गर्न वा वैकल्पिक विधि अपनाउन नगरबासीलाई अपिल गरेको हो । विभिन्न स्थानमा पुरोहितमा समेत कोरोना संक्रमण भेटिएको र सोह्र श्राद्धमा एक जना पुरोहित एक दिनमैं धेरै ठाउँ जाने प्रचलन रहेकोले सकेसम्म वैकल्पिक विधि अपनाउन भनिएको नगरपालिकाले जनाएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण पितृ पक्षमा गरिने सोह्रश्राद्ध अर्थात् पितृपूजन यस वर्ष भदौ १७ गतेबाट सुरु हुँदैछ । नगरपालिकाले सूचना जारी गर्दै सोह्रश्राद्ध कार्यमा आफन्त, छरछिमेकी, इष्टमित्र, बन्धुबान्धवलाई आमन्त्रण नगरी परिवारका सदस्यहरू मात्रै सामेल हुने व्यवस्था मिलाउन पनि सबैमा आग्रह गरेको छ ।

महामारीको समयमा पनि परम्परागत संस्कार, संस्कृति, धर्मको जगेर्ना गर्नु सबैको कर्तव्य रहेकोले तोकिएकैं तिथिमा गर्नुपर्ने सोह्रश्राद्ध कार्यमा यसपटक वैकल्पिक विधि अपनाउन सकिने विषयमा गुरु—पुरोहितले आफ्ना यजमानलाई समयमैं जानकारी गराउने, सोह्रश्राद्ध गर्नेले समेत आफ्ना गुरु—पुरोहितबाट यसबाट जानकारी लिनुपर्ने नगरपालिकाले जनाएको छ । यस्तै नगरपालिकाले जन्म, न्वारन, व्रतबन्ध, विवाह, मृत्युसंस्कार जस्ता कर्म पनि पारिवारिक रुपमा गर्न भनेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव
  • लहानको जन प्रतिनिधिद्धारा पत्रकार भेटघाट
  • नवलपरासीमा डा. केसीको जीवन रक्षाको  माग गर्दै प्रर्दशन