पश्चिम नवलपरासीमा १७ जनामा कोरोना पुष्टी

१३ भाद्र २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


प्रकाश न्यौपाने,भदौ १३ गते     
नवलपरासी । पश्चिम नवलपरासीमा आज दिउसो २ बजेसम्ममा १७ जनामा कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यलय नवलपरासीले जानकारी दिएको छ । प्रतापपुर गाउपालिकामा ४ जना र पाल्हीनन्दन गाउपालिकामा १३ जना गरी १७ जनामा कोरोना पुष्टि भएको हो । पाल्हीनन्दन गाउपालिकाको वडा नम्बर १मा बस्ने ५८,४७,४५,४२,३५,३०,२४,२३, वर्षका पुरुष र २२, ३० वर्षका महीलामा त्यस्तै पाल्हिनन्दन वडा नम्बर २ का ३९, २५ र २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
प्रतापपुर गाउपालिका वडा नम्बर ४ का ६५ वर्षका पुरुष, वडा नम्बर ५ का २४ र २२ वर्षका पुरुष, वडा नम्बर ७ का ४८ वर्षका पुरुष रहेको छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया