कोरोनाबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २०७ पुग्यो

१३ भाद्र २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, भदौ १३ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको जानकारी दिए।

प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमणबाट पाल्पाकी ३०, काठमाडौंकी ५१ र भक्तपुरकी ६२ वर्षीया महिला तथा पर्साका ४८ र ३९, सिरहाका ८४, गोरखा ३८, कास्कीमा ५८, काठमाडौंमा ८३, ललितपुरका ७२ र ६१ तथा भक्तपुरका ८२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ।

शनिबार नेपालमा ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ। संक्रमितमध्ये २० हजार ५५५ जना निको भएर घर फर्किएका छन्।@onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आँखा रोगबाट ग्रसित ११ वर्षिय सदाय परिवारका नेहा लाई आर्थिक…
  • कपिलवस्तुमा बिद्युत प्राधिकरणको जिप खोलाले बगायो १ को मृत्यु २…
  • ३५ केजी चरेस सहित २ महिला पक्राउ ।
  • नेपाली कांग्रेसद्धारा वडा कार्यालयमा ज्ञापन पत्र प्रतिपक्षीदललाई बेवास्ता गरेको कांग्रेसको…
  • स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
  • वडा विभाजनको माग गर्दै वडाबासीले हस्ताक्षर बुझाए
  • मुखिया परिवारको सारथि बन्यो : घरघरमा हामी अभियान, नगद र…
  • १० बर्ष नपुग्दै भत्कियाे  सहिद क. हुमानन्द बन्जाडेकाे स्मृति प्रतिक्षालय 
  • देउखुरीमा पनि मसिनो हाईब्रिड धानको उत्पादन सुरु किसान परियोजना कृषकका…
  • पहिरोका कारण बुटवल तानसेन सडक खण्ड एक तर्फी खुल्ला