आयुर्वेदिक औषधि बोकेर प्रतापपुर गाउपालिकाका का: अध्यक्ष सहितको टोली संक्रमितको दैलोमा

प्रकाशित मिति:

रन्जीत शर्मा – नवलपरासी र१३ भाद्र — होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई सरकारले बेवास्ता गरेको गुनासो बढेपछि प्रतापपुर गाउपालिकाले उनीहरुको अवस्था बुझ्न घरदैलो अभियान सुरु गरेको छ । होम आइसोलेसनमा राखिएका संक्रमित र तिनका परिवारलाई भेट्न प्रतापपुर गाउपालिकाका कार्यबाहक अध्यक्ष अन्जु चौधरी , प्रमुख प्रशासकीय अधिकृत , सम्बन्धित वडाका वडाध्यक्ष, स्वास्थ्य शाखा प्रमुखसहितको स्वास्थ्यकर्मीको टोली होम आइसोलेसनमा पुगेको हो ।

टोलीले साथमा स्वास्थ्य सावधानीका उपायको जानकारी, स्वास्थ्य लाभको पत्र र वैकल्पिक उपचार पद्धतिका लागि आयुर्वेदिक औषधि बोकेर जाने गरेको छ । संक्रमितको स्वास्थ्य अवस्था बुझ्न, सजगताका उपाय सिकाउन र उनीहरुको मनोबल बढाउन घरदैलो अभियान सुरु गरिएको का० अध्यक्ष चौधरीले बताइन । प्रतापपुर गाउपालिकामा शनिबारबाट यो अभियान सुरु भएको हो । पहिलो दिन मात्रै विभिन्न ६ स्थानमा रहेका होम आइसोलेन र गाउपालिकाका आफ्नै निर्माण आइसोलेसनका ४ जना गरि कुल १० जना संक्रमितलाई भेटेर स्वास्थ्य लाभको कामना गरेको चौधरीले बताइन । ‘यो हप्ता होम आइसोलेसनमा बसेका सबैलाई भेटेर आत्मबल बढाउने र स्वास्थ्य सजगता सिकाउने काम गरिनेछ,’ उनले भनिन् ।

प्रतापपुरमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । गाउपालिकामा आफ्नै आइसोलेसन पनि निर्माण गरिएको छ ।आइसोलेसन निर्माण भए पनि लक्षण नदेखिएका संक्रमित र होम आइसोलेसनमा बस्ने चाहनेले आवश्यक मापदण्ड पुरा गरे मात्रा बस्न पाउने छन् । प्रतापपुर गाउपालिकामा अहिले अधिकांश संक्रमित होम आईसोलेसनको आवश्यक मापदण्ड पुरा नगरेको ले आज राति देखी प्रतापपुर गाउपालिका बेलाटरीको त्रिभुवन मा०वि०मा निर्माण गरिएको आइसोलेसनमा बस्न पठाइने छ । होम आईसोलेसनमा बस्न पाईने भएपनि आवश्यक मापदण्ड पुरा नगर्दा संक्रमण थप फैलन सक्ने जोखिम पनि हुने भएकाले संक्रमित बसेका घरको अनुगमन गरिएको पनि उनले जानकारी दिनुभयो ।

गाउपालिका अध्यक्ष सहितको टोलीले संक्रिमतको घरमै पुगेर उनीहरुले आवश्यक मापदण्ड पुरा गरे नगरेको बारे जानकारी निरिक्षण गरिएको हो । प्रतापपुर गाउपालिका का० अध्यक्ष अन्जु चौधरीले संक्रमित बसेका केही घरमा निरिक्षण गर्दा आवश्यक मापदण्ड पुरा गरेरै बसेको पाईएको तथा न गरेकोलाई आजै पालिकाको आफ्नै आइसोलेसनमा पठाइने बताउनुभयो तर होम आईसोलेसनमा बस्दा थोरै मात्रै लापरवाहीले पनि परिवार र समाजमा संक्रमण फैलने जोखिम भने रहने गर्दछ ।प्रतापपुर गाउपालिकामा अहिलेसम्म २० जनामा संक्रमण पुष्टि भएको छ ।