रोटरी बुटवल चौतारी द्वारा मानवसेवा, अपांग आश्रम र प्रहरी कार्यालयमा सहयोग

१३ भाद्र २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


बुटवल, १३ भदौ । रोटरी क्लव अफ वुटवल चौतारीले कोरोनाको संकटमा परेका बिभिन्न क्षेत्रहरुम सहयोग प्रदान गरेको छ । मानव सेवा आश्रम बुटवल, नेपाल अपांग आश्रम देविनगर र प्रहरी कार्यालय मंगलापुरमा पुगेर क्लवले सामाजिक दुरी कायम राख्दै स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । क्लवले ३ स्थानमा गरि १ हजार ४ सय ३० थान मास्क, ४० लिटर सेनीटाईजर, ३ वटा सोलार लाईट र बृद्धबृद्धाको लागि आवश्यक पर्ने डाईपरहरु प्रदान गरीएको क्लवका अध्यक्ष थानेश्वर पाण्डेले जानकारी दिए ।

क्वलले सामाजिक दुरी कायम गरी गरेको कार्यक्रममा मानव सेवा आश्रम रुपन्देही संयोजक सरु अधिकारी, नेपाल अपांग आश्रम देविनगर अध्यक्ष दल बहादुर गुरुङ र प्रहरी कार्यालय मंष्लापुर का प्रमुख रुम बहादुर केसीलाई सामाग्रीहरु हस्तान्तरण गरेको कार्यक्रम संचालक एवं क्लवका सचिव अर्जुन ढकालले जानकारी दिए ।कोरोना कहरलाई मध्यनजर गर्दे क्लवका न्युनतम सदस्यस्को सहभागितामा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष विष्णुप्रसाद घिमिरे, सदस्य हरु।बालकृष्ण पाण्डे ,बिक्रम अधिकारी ,सुरज क्षेत्रि,पदम खनाल लगायतको सहभाविगता रहेको थियो ।

४३ सदस्य रहेको क्वले सामाजिक कार्यहरु गर्दै आइर्एरहेको छ । क्लवले गत साउन महिनामा रक्तदान गरि ६७ युनिट रगत संकलन समेत गरेको थियो ।कोरोना महामारी सँग लड्नका लागि आवश्यक पर्ने सहयोग संस्थाले सदैव गरिनै रहिरहने क्लवका अध्यक्ष पाण्डेले प्रतिबद्धता ब्यक्त गरे । साथै कोरोनाको महामारिले शिक्षा क्षेत्रमा पनि निकै प्रभाव पारेको ठहर गर्दे शिक्षा क्षेत्र माथि उकास्नको लागि ई-लर्निङ सम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्न लागिएको पनि अध्यक्ष पाण्डेले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया