काठमाडौ देखि स्याङ्जाको चापाकोट जाँदै गरेको एम्बुलेन्स दुर्घटना,

प्रकाशित मिति:

सबिन डोटेल स्याङ्जा वालिङ नगरपालिका वडा नम्बर ५ मजकोटमा एम्बुलेन्स दुर्घटना भएको हाे। आइतबार बिहान चापाकोट जाँदै गरेको बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा २ पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा चापाकोट नगरपालिका ९ का ३५ वर्षीय भानुभक्त गैह्रे र चापाकोट १० का २५ वर्षका श्याम पंगेनी छन् ।

दुर्घटनामा चापाकोट नगरपालिका वडा नं ९ का ३१ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी, २८ वर्षीय पवित्रा पोखरेल घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं डिएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । घाइते दुवैलाई प्राथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचार पश्चात थप उपचारको लागि पाेखरा लगिएको डिएसपी अधिकारीले बताए । एम्बुलेन्सले काठमाडौंमा फर्केको र सडकबाट अन्दाजी २५० मिटर तल खसेको उनले बताए ।